२९ माघ काठमाडौ । एक डाक्टरको भरमा १ हजार २ सय नागरिकले उपचार सेवा लिनुपर्ने बाध्यता छ । दूरदराजका गाउँमा त अझै डाक्टर उपलब्ध हुनै मुस्किल छ ।
उपलब्ध भएका ठाउँमा पनि बिरामीले डाक्टरको उपचार देशभर २३ हजार ७५१ डाक्टर छन् ।
जसअन्तर्गत २१ हजार ३३ मेडीकल डाक्टर, २ हजार ७१८ डेन्टल डाक्टर छन् । पुरुष डाक्टरको संख्या १४ हजार १२६ र महिला डाक्टरको संख्या ६ हजार ९०७ छ ।
केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांकअनुसार नेपालको कुल जनसंख्या ३ करोड बडी छ । यसरी हेर्दा एउटा डाक्टरको भरमा १ हजार २ सय नागरिक पर्छन् । बिरामीको अनुपातमा डाक्टरको संख्या न्युन हँुदा बिरामीहरुलाई उपचार सेवामा समस्या हुने गरेको छ । मंगलबारको राजधानी दैनिक प्रशान्त वली बाट ।
वि.सं.२०७५ माघ २९ मंगलवार ०८:२० मा प्रकाशित