२९ माघ काठमाडौ । अघिल्लो पटक आउँदा घन्टौ लाइनमा बस्नु पथ्र्यो । प्यास लाग्दा पानी समेत पाइदैँन थियो । घामले पोल्थ्यो । तर अहिले एकदम राम्रो छ । रानी पोखरीस्थित महानगरीय प्रहरी परिसरमा चारित्रिक प्रमाणपत्र लिन पुगेकी दिलमाया थापाले खुसी व्यक्त गरिन् । उनले भनीन् पहिला एकदमै सास्ती थियो । अहिले ठिक छ ।
विदेश जान पुलिस रिर्पोट चाहिन्छ । नेपालमै पनि कतिपय निजी कम्पनीले कामदारको चरित्रसम्बन्धी प्रमाणपत्र माग्न थालेका छन् । यसअघि राजधानीको रानीपोखरी र महाराजगन्जमा मात्र पुलिस रिपोर्ट बनाउने सेवा पाइन्थ्यो । अहिले कालिमाटी, गौशाला, जावलाखेल र भक्तपुरबाट पनि बनाउन मिल्छ ।
त्यसैले पहिलेजस्तो भीड देखीदैन । उपत्यकाबाहीर पोखरा, हेटौँडा, विराटनगर, नेपालगन्ज र धनगढीबाट पनि प्रहरी रिपोर्टका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । मंगलबारको अन्नपुर्ण पोस्ट दैनिक किरण दाहाल बाट ।