Logo
३ जेष्ठ २०७९, मंगलवार
     Tue May 17 2022
E-paper
  English Edition
   Unicode
Logo

उपत्यकाबासीलाई काकाकुल बनाउने गरी कसले डुबायो मेलम्ची ?



२९ माघ, काठमाडौं । लामो समयको प्रतिक्षापछि उपत्यकाबासीले गरेको मेलम्चीको चिसो पानी पिउने आसामा तुषारापात लागेको छ ।
स्वच्च् पिउने पानीको अभावमा काकाकुल जस्तै बनेका उपत्यकाबासीले मेलम्चीको पानी नै सम्पूर्ण समस्याको समाधान मानिरहेका बेला मेलम्चीको ठेक्का लिएको इटालियन कम्पनी सीएमसी आयोजनाबाट लगभग बाहिरीसकेको छ । तर पनि सरकारले पहिलो प्राथमिकता सोहि इटालीयन कम्पनीलाई नै राख्दैै मेलम्चीको काम दिनेगरी वार्ता समेत भइरहेको छ । यसअघि मेलम्चीको पानीले उपत्यकाबासीको घाटी भिजाउने प्रयासमा लागेकी मन्त्री विना मगर माथि यतिबेला असक्षमताको आरोप समेत लागेको छ ।
आफै सहि निर्णय गर्न नसकेको कारण नै मेलम्चीको पानीमा धक्का लागेको आरोप मन्त्री मगरमाथि लागेको छ ।
तर, मेलम्चीमा खेलाची गरेर उपत्यकाबासीको सम्पूण आसालाई निरासामा परिणत गर्न लागि परेको आरोप खानेपानी सचिव राजेन्द्र ठाकुरमाथि लागेको छ । उनकै कारण मेलम्ची आयोजनाको भविष्य अनिश्चित बनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘ठेकेदार भाग्न लागेको र आफूले रोकेको’ भनेर भ्रममा पार्न सफल भएका विवादास्पद सचिव ठाकुरले खाने पानी मन्त्री विना मगरलाई समेत भ्रममा राखेर बदनाम गरिरहेका छन् । सचिव ठाकुरले ठेकेदार कम्पनी सीएमसीसित आफूलाई पाँच र मन्त्रीलाई पाँच करोड गरी १० करोड रुपैयाँ कमिसन दिने भए मात्र विवाद निरुपण बोर्ड (डिआरबी) ले निर्णय गरेको ३६ करोड रुपैयाँ  भुक्तानी दिने बताएपछि मेलम्चीको यो हविगत भएको हो ।
यतिबेला मन्त्री मगर पनि पुरानै ठेकेदालाई मेलम्ची आयोजना दिने पक्षमा छन् । तर सचिव ठाकुर र प्रधानमन्त्रीका पूर्वाधार सल्लाहकार घनश्याम भट्टराई कुनै हालतमा पनि सीएमसीलाई ल्याउन नहुने पक्षमा लविङ गर्दैै आएका छन् ।

आफ्नो नाममा सचिवले कमिसन माग्दा पनि कारबाही नगरी उल्टै साथ दिदैं आएकी मगरले सचिव ठाकुरले गरेका बदमासी बल्ल थाहा पाएको पनि मंगलबारको दृष्टि साप्ताहिकले लेखेको छ ।

मन्त्री बिना मगरको सक्रियतालाई ब्रेक गर्न धेरै पहिलादेखि प्रयास गर्दै आएको माफिया गिरोहले नै प्रशासकहरुमार्फत् वातावरण धमिल्याउँदै आएको थियो । पुरानै ठेकेदारसँग वार्ता गरेर छिटो काम सम्पन्न गर्न खोजेकी मन्त्री मगरलाई असहयोग मात्र होइन, मन्त्री विरुद्ध नियोजित प्रचार गरेर मेलम्ची विथोलिएको देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

[caption id="attachment_202464" align="aligncenter" width="300"] नीलकण्ठ तिवारी[/caption]   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार