Logo
२ जेष्ठ २०७९, सोमबार
     Mon May 16 2022
E-paper
  English Edition
   Unicode
Logo

बेलायती प्रधानमन्त्रीद्वारा प्रतिपक्षी नेतासँग ‘ब्रेक्जिट’बारे वार्ता प्रस्ताव



२९ माघ, लण्डन, बेलायत । बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनबारे सरकारले ‘कस्टम यूनियन’बारेको आफ्नो अडानलाई केही खुकुलो पार्ने अनुमान भैरहेका समय प्रधानमन्त्री टरिजा मेले प्रतिपक्षी दलका नेता जेरमी कर्बिनसँग छलफल गर्ने भएका छन् ।

मेले प्रतिपक्षी दलका नेता कर्बिनद्वारा एक पत्रमार्फत ब्रेक्जिटबारे राखेका पाँच मागमा सम्झौताकारी जवाफ दिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

सोमबार स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको पत्रबारे मेले आइरिस समस्याको ‘वैकल्पिक समाधान’ खोज्न र कडा सीमा नीतिलाई लागु नगर्ने प्रतिवद्धता जनाउनका लागि आफूले दुई दलबीच छलफल गर्न चाहेको बताए ।

लेबर पार्टीले मेको पत्रको जवाफ दिइसकेको छैन ।

कस्टम यूनियनका बिषयमा उनीहरूबीच भिन्नता रहँदै आएको छ । तर मेले कर्बिनको कुनै पनि शर्तलाई पत्रमा सिधै अस्वीकार गरेका छैनन् ।

स्थानीय विश्लेषकले मेको भाषा थप सूक्ष्म भेदयुक्त रहेको बताएका छन् । निजी विचारका रूपमा प्रधानमन्त्रीका सहयोगीले भने स्थायीरूपमा कस्टम यूनियन राख्ने कुरा स्वीकार्ने सम्भावना नरहेको बताएका छन् ।

यस पहिले कर्बिनले प्रधानमन्त्रीलाई लेखेको पत्रमाइयूका लागि छुट्टै सम्झौता गरी बेलायतभरको लागि स्थायी र विस्तृत ‘कस्टम यूनियन’ को माग गर्नुभएको थियो तर दुबैको बाह्य कर भने एउटै हुने बताइएको छ ।

नयाँ बैठकको तिथि तय भएको तर मे को पत्रमा दुई पक्ष सकेसम्म छिट्टै छलफलमा बस्ने जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म

पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी रहेको छ । शुक्रबार सम्पन्न स्थानीय

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका-१को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा विजयी भएका छन्

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार