Logo
१२ जेष्ठ २०७९, बिहीबार
     Thu May 26 2022
E-paper
  English Edition
   Unicode
Logo

अष्ट्रेलियाले फ्रान्ससँग १२ नौसैनिक जहाज किन्ने



२९ माघ, पेरिस, फ्रान्स ।अष्ट्रेलियाले फ्रान्ससँग ३५ अर्ब अमेरिकी डलर बराबरको पानीभित्र चल्ने जहाज (पनडुब्बी) किन्ने एक सम्झौतामा सोमबार हस्ताक्षर गरेको छ ।

सम्झौता अनुसार फ्रान्सको पानीजहाज निर्माण गर्ने नौसैनिक समूहले सुरक्षा प्रयोजनका लागि १२ वटा पनडुब्बी जहाज अष्ट्रेलियालाई दिनेछ ।

अष्ट्रलियाली प्रधानमन्त्री स्कट मोरिसन र दुबै देशका रक्षामन्त्रीको उपस्थितिमा उनीहरूबीच ‘सबम्यारिन प्रोग्राम स्ट्राटेजिक पार्टनरिङ एग्रीमेन्ट’ भएको हो ।

उत्पादन करार अनुसार फ्रान्सको नौसैनिक समूहले अग्रभाग क्षमता भएका १२ वटा जहाजलाई अष्ट्रेलियासम्म पु¥याउने गरी सम्झौता भएको हो ।

नौसेना समूहका प्रमुख हेर्वे गुइलोले भने, “हामी अष्ट्रेलियामा भविष्यका लागि पनडुब्वी कार्यक्रम पु¥याउने जिम्मेवारीको अवसर पाएकोमा निकै नै उत्साही बनेका छौँ । सम्झौता अनुसार समयमै जहाज पठाउने कामप्रति प्रतिवद्ध छौँ ।”

फ्रान्सको जहाज निर्माताले सन् २०१६ मा जापान र जर्मनीका कम्पनी पनि सहभागी बनेको टेन्डर प्रक्रियामा सहभागी भै जहाज विक्रीका लागि छनोटमा परेको हो ।

नयाँ १२ बटा पनडुब्वीले जहाजले अष्ट्रलियामा निर्मित ‘कोलिन्स क्लास’ पनडुब्वीलाई विस्थापित गर्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी

काठमाडौं । इलामको देउमाइ नगरपालिका प्रमुखले आफ्नो नगरमा आइतवार पनि स्कुल खोल्न आदेश दिएका

ललितपुर । ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय