Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

युगाण्डाको ‘बोडा–बोडा’



पुसको पहिलो साता एनआरएनए अफ्रिकाको क्षेत्रिय बैठकका लागि अफ्रिकाको युगाण्डा पुगेका हामी युगाण्डाको राजधानी कम्पलामा रहेको होटल स्पेकमा बसेका थियौं । उर्मिला बहिनीले ‘दिदी, ब्रस किन्न जाउँ न’ भनेपछि, हामी होटल नजिकै रहेको सुपरमार्केटमा ब्रस किन्न गयौं । बिहाँनै भएकोले सुपरमार्केट खुलिसकेको रहेनछ । हामीले एकछिन घुमौं भनेर त्यहि वरीपरी घुम्न लाग्यौं । हामी घुम्दै गएको देखेर मोटरसाइकलमा आएका कालो वर्णको स्थानीयले अंग्रेजीमा ‘जाने हो,’ भनेर सोधे, डर लाग्यो ‘ला अब यसले के गर्न लाग्यो ।’ हामी डराएर ‘भयो भो जाउँ, अपहरण गरेर कतै लग्यो भने’ भनेर हिड्यौं । पछि निन्जामा पुगेर थाहा भयो कि, त्यहाँ मोटरसाइकल भाडामा चल्दो रहेछ । यहाँका माइक्रो बसमा चढेजस्तो त्यहाँ पनि मोटरसाइकल रोकेर चढ्न पाइदो रहेछ । त्यहाँ त्यसलाई ‘बोडा–बोडा’ भन्दो रहेछ । बिहाँन आत्तिएर होटल पुगेका हामी त्यहाँ भने देबी भण्डारी बहिनीसँगै बोडा–बोडा चढेर त्यहाँको जिन्जा सेन्ट्रल मार्केटमा रहेको तरकारी बजार पुग्यौं ।

श्रीमानलाई साउदी पठाइदिन कमला दिदीको अनुरोध
‘नानी एकपटक फोन दिन मिल्छ ?’ डिर्पाचरका लागि एयरपोर्टभित्र पस्न लाग्दा दाङ तुल्सीपुर आँखा अस्पताल नजिकैकी कमला डाँगी दिदीले भनिन् । ‘हुन्छ नि’ भनेर फोन लगाइदिए । दिदीले फोन गरिन् ‘कता हो, छिटो आउनुन्’ उताबाट के जवाफ आयो कुन्नी त्यसपछि फोन राखिदिइन् दिदीले ।
‘हेर्नुुुुस् न, विदेश जान्न भन्छन् बुढाले,दशैंका लागि घर बिदामा आएका जानै मान्दैनन् ।’ दिदीको कुरा सुनेपछि ‘हुन्छ दिदी’ भनेर म डिर्पाचारतिर लागेँ । माथि अध्यागमनमा लाइन बस्दै थिए दिदीको फोन फेरि आयो, ‘बाबु मेरो बुढालाई जसरी पनि पठाइदिनुस् है, बाहिर फर्किन नदिनुस् ।’ विदेश जान लागेका हजारौ मान्छेको बिचमा दिदीको श्रीमान बिर बहादुर डाँगीलाई मैले कसरी चिन्नु । तर, उनी भित्र पसेपछि फर्कन पाउँदैनन् भन्ने मलाई थाहा थियो । मैले फेरि भने, ‘दिदी तपाइले पनि प्रहरीलाई भन्नुहोस् बाहिर निस्कन नदिनु भनेर म पनि भन्छु’ दिदीले फोन राखिदिइन् । फेरि अर्कोपटक पनि त्यहि भन्दै फोन गरिन् ‘बाबु जसरी पनि पठाइदिनुस् है मेरो बुढालाई ।’ हामी फ्लाइ दुवइबाट युगाण्डाको लागि उड्यौ । बाटोमा मनभरी कुरा खेल्यो ‘दिदीको बुढा साउदी उडे होलान् की फर्के होलान् ।’

दिदीको फोन नम्बर मेरो मोबाइलमै थियो । नेपाल फर्केर फेरि फोन गरे । ‘दिदी तपाइको श्रीमान साउदी उड्नु भयो त ?’ दिदीले भनिन् ‘उड्नुभयो बाबु, पुगेर फोन गर्नु भएको थियो । अब काममा लाग्छु भनेर ।’ दिदी किन जर्वजस्ती गर्नुभएको त जान्न भन्दा पनि भन्ने मेरो प्रश्नमा दिदीले भनिन् ‘बाध्यताले हो, नानी, यहाँ रक्सी खाएर बस्ने काम केही नगर्ने, फर्कने टिकट भिसा ल्याएका उनी फर्किन नमानेपछि मैले कर गरेकी हुँ ।’

४७ वर्षका वीर बहादुर दाइ मलेसियामा ५ वर्ष विताएर फर्केपछि फेरि साउदी पुगेका रहेछन् ।

‘आइ वान्ट वाटर’
युगाण्डाको कम्पालामा रहेको होटल स्पेकमा काम गर्दा रहेछन् नवलपरासीको जित बहादुर जीसी । पहिलो दिन त्यहाँका मेनेजेर रहेका निमेश श्रेष्ठले परिचय पनि गराइदिएका थिए । तर, अघिल्लो दिनको यात्राको थकाइले हिजो परिचय भएको भनेर ठम्याउन सकिन । कोठामा पानी रहेनछ । बिहाँनै त्यहाँको ६ बजे उठेर पानी लिन भनेर होटलको लविमा गए । त्यहाँ रिसेप्सनमा त्यहिका स्थानीय युवा कार्यरत थिए । उनीसँग पानी मागे । उनले ७ बजे यता पानी खान नपाइने सबै बन्द रहेको बताए ।

होटल स्पेक इन्टरनेशनल ,कम्पला

फर्किन मात्रै लागेकी थिए, जीत जी त्यहि हुनुहुन्थ्यो । मैले नेपालीमा विस्तारै भने, ‘पानी छैन’, उहाँ बोल्नु भएन । नबोलेपछि इण्डियन होकी भन्ने लागेर ‘पानी चाहिए’ भने, फेरि पनि उहाँ बोल्नु भएन, मैले ‘आइ वान्ट वाटर’ भनेपछि उहाँले भन्नु भयो, ‘मैले बुझेको छु तपाइको कुरा ।’ अनि मैले प्रति प्रश्न गरे, ‘त्यसो भए किन बोल्नु भएन त अहिले सम्म । उहाँले भन्नु भयो, ‘म त तपाइलाई कसरी पानी उपलब्ध गराउँ भनेर सोचिरहेको थिए ।’ मैले तपाइहरुले खान राखेको पानी भएपनि दिनुहोस् भनेपछि उहाँले एक ग्लास पानी उपलब्ध गराउनु भयो ।

यस्तो भयो एनआरएनए अफ्रिका बैंठक, के भन्छन् त सहभागीहरु ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्