Logo
३ जेष्ठ २०७९, मंगलवार
     Tue May 17 2022
E-paper
  English Edition
   Unicode
Logo

चार महीनामा ६२ जुवाडे पक्राउ, एक लाख ३१ हजार बरामद



२९ माघ, मार्तडी ।  जुवातास खेलेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाजुराले चार महीनामा ६२ जुवाडेसहित रु एक लाख ३१ हजार बरामद गरेको छ ।

सो अवधिमा जिल्लाका विभिन्न स्थानबाट ८ टोली जुवाडेसहित उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए । कात्तिकमै मात्र चार जुवाखालबाट रु एक लाख १६ हजार नगदसहित २५ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो । भाटले भने,“जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा आवतजावत गराएमा उक्त व्यक्तिलाई कानूनी कारवाही गरिनेछ ।”

स्थानीयस्तरमा रहेका होटल तथा पसलमा जुवातास खेल्नेलाई प्रहरीले निगरानीमा राखी छापा मार्न थालेपछि अहिले घरमा जम्मा भएर जुवा खेल्ने गरेको पाइएको प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले बताए । जिल्लाका नौ वटै स्थानीय तहका विभिन्न ठाउँमा मदिरा खाएर हो हल्ला गर्ने चारसयलाई प्रहरीले कारवाही गरेको जनाएको छ । प्रहरीले चार महीनामा तीन हजार ३२ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

[caption id="attachment_202464" align="aligncenter" width="300"] नीलकण्ठ तिवारी[/caption]   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार