१ फागुन काठमाडौ । सुन तस्करी र सनम शाक्य हत्या मुद्धाको थुनछेक आदेशलाई लिएर उच्च अदालत विराटनगरका थप दुई न्यायधीश छानबीनमा तानिएका छन् । न्यायपरिषद्ले न्यायधिशहरु जनक पाण्डे र साधुराम सापकोटालाई सचिवालयमा झिकाएको हो ।
यो प्रकरणमा छानबिनमा तानिनेमा विराटनगरका मुख्य न्यायधीशसहीत ८ जना पुगेका छन् । मुद्धाको पेसी व्यवस्थापनमा कैफियत भेटेपछि न्यायपरिषद्ले गत माघ ७ मा मुख्य न्यायधीश कुलरत्न भुर्तेललाई काठमाडौ झिकाएको थियो । न्यायपरिषद्ले छानबिन गर्न सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडालाई जिम्मेवारी दिएको छ । बुधबारको कान्तिपुर दैनिक कृष्ण ज्ञवालीले लेखेका छन् ।