
१ फागुन काठमाडौ । भारतले नेपालको नारायणी नदीसम्म पानीजहाज आउने जलमार्ग निर्माण सुरु गरेको छ । भारतको केन्द्रीय सरकारले गंगा नदीदेखी गण्डक नदीसम्म जलमार्ग निर्माण सुरु गरेको हो ।
भारत सरकारका केन्द्रीय जलमार्गमन्त्री नितिन गडकरीले सोमबार बिहारको हाजीपुर गंगा र गण्डकको संगम देखी बाघा नेपालको सिमानानजिक सम्म निर्माण हुने जलमार्गको शिलान्यास गरेका हुन् । यसबाट दुई मुलुकबिचको जलमार्ग निर्माण कार्यले गति लिएको मन्त्रालयले जनाएको छ । बुधबारको नयाँ पत्रिका दैनिक कृष्ण रिजालले समाचार लेखेका छन्।
वि.सं.२०७५ फागुन १ बुधवार ०८:१२ मा प्रकाशित