
१ फागुन टोकियो । चोरले केही पनि बाँकी राख्दो रहेनछ । जापानको राजधानी टोकीयो नजिकै साइतामास्थित एक बगैँचाबाट ४ सय पुरानो बोनसाई आकारमा ल्याइएको वृक्ष चोरीएको छ । अरु ६ वटा रुख समेत चोरीएका छन् ।
ती रुखको मूल्य १ लाख १८ हजार अमेरीकी डलर (१ करोड ३५ लाख रुपैयाँ) भन्दा बढी छ । सबैभन्दा बहुमुल्य बोट शिम्पाकु जातको वनस्पतिको थियो । ४ सय वर्ष पुरानो उक्त बोनसाईको मात्र मुल्य ९० हजार डलर एक करोड रुपैयाँ भन्दा बढी थियो । चोरीएको बाँकीमध्ये तीनवटा देवदारुका र तीनवटा अलि कम उमेरका शिम्पाकुका बोट थिए । बुधबारको अन्नपुर्ण पोस्ट दैनिक बाट ।