
गैरआवासीय नेपाली संघ एनआरएनएको ८० औं शाखा माल्टामा गठन भएको छ ।
गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुमार पन्त, युरोप संयोजक शिव वरुवाल र एनआरएनएका केन्द्रीय सहकोषाध्यक्ष सोम सापकोटाको उपस्थितिमा माल्टावासी तेज लिम्बूको अध्यक्षतामा एनआरएनए माल्टाको तर्दथ समिति गठन भएको बताइएको छ ।
मंगलबारका दिन माल्टामा रहेका झण्डै १५० नेपालीहरुको एक भेलाले अध्यक्षमा तेज बहादुर लिम्बू, उपाध्यक्ष्यद्धयमा रेशमलाल खनाल,कृष्ण थापा, महासचिवमा सन्देश केसी, सचिवमा शंकर पोखरेल, कोषाध्यक्षमा सन्दिम पोखरेल,सहकोषाध्यक्षमा सरिता राई, महिला संयोजकमा शुष्मा राई, युवा संयोजकमा रोशन गिरीलाई चयन गरेको छ ।
त्यस्तै कार्यसमितिको सदस्यहरुमा सुशील अधिकारी, वासुदेव अधिकारी, राजिव दाहाल, शंकर खत्री, कुश कुमारी गुरुङ, कुल चन्द्र गौतम, महेश्वर श्रेष्ठ, शंकर गुरुङ, मनिता सेढाई, निरज ढकाल, प्रदिप काफ्ले, शिवशंकर राय, अर्विन पौडेल, दिपक खनाल, विरेन्द्र घिमीरे र मनिस अर्याल रहेका छन् ।
नवगठित कार्यसमितिका पदाधिकारीहरुलाई केन्द्रीय उपाध्यक्ष कुमार पन्तले सपथ खुवाएका थिए भने सहकोषाध्यक्ष सोमनाथ सापकोटाले नयाँ कार्यसमितिका पदाधिकारीहरुको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै अध्यक्ष तेज लिम्बुले सबैलाई धन्यवाद दिदैं सबैको साथ र सहयोग लिएर अगाडि बढ्ने बताएका थिए ।
युरोपको अति विकशित प्रयटकीय देश मानिने माल्टा भूमध्य रेखीय प्रदेशमा र भूमध्य सागरकोबीचमा रहेको टापु देश भएकोले यहाँको हावापानी अति राम्रो मानिन्छ ।
न्यानो हावापानी भएका टापुहरुको देश माल्टामा झण्डै ४–५ हजारको हाराहारीमा नेपालीहरु बसोबास गरेको बताइन्छ । माल्टालाई बेलायतको नेपाली दूतावासले हेर्ने गरेको छ ।