back

गैरआवासीय नेपाली संघ र खेलकुद परिषद्बीच सम्झौता

वि.सं.२०७५ फागुन १ बुधवार

102 

shares
NTC AD
Global IME AD

नेपालमा राष्ट्रियस्तरमा आयोजना हुने खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली खेलाडी सहभागी गराउने सम्बन्धमा गैरआवासीय नेपाली संघ तथा राष्ट्रिय खेलकुद परिषदबीच सम्झौता भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा राष्ट्रिय स्तरमा आयोजना हुने खेलकुद प्रतियोगिताहरुमा गैरआवासीय नेपाली खेलाडीहरु सहभागी गराई प्रतिभा प्रस्तुत गर्ने आधार तयार गर्ने उद्देश्यले सम्झौता गरिएको हो ।

संघका तर्फबाट अध्यक्ष भवन भट्ट र राष्ट्रिय खेलकुद परिषदका तर्फबाट सदस्यसचिव केशव कुमार विष्टले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार संघ र परिषदले नेपाली खेलकुद क्षेत्रको विकासका लागि संयुक्त रुपमा नीति नियमको निर्माण, स्रोत साधनको विकास तथा योजना कार्यक्रम तर्जुमा गर्ने सहमति गरिएको छ । यस्तै परिषदले आयोजना गर्ने राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताहरुमा संसारभर रहेका सम्पूर्ण गैरआवासीय नेपाली खेलाडीहरुको सहभागिता सम्बन्धि व्यवस्था एकद्वार प्रणाली अनुसार गैरआवासीय नेपाली संघ मार्फत गरिने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

परिषदले आयोजना गर्ने राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताहरुमा गैरआवासीय नेपाली संघले जारी गरेको परिचय पत्र वा परराष्ट्र मन्त्रालयले जारी गरेको गैरआवासीय नेपाली परिचयपत्रका साथै संघको सिफारिसको आधारमा खेलको नियम अनुसार गैरआवासीय नेपाली खेलाडी सहभागी हुने व्यवस्था समेत मिलाइने भएको छ ।

गैरआवासीय नेपाली खेलाडीले अरु स्थानीय नेपाली खेलाडी सरह सेवा सुविधा पाउनेछन् । परिषदका विभिन्न खेलकुद सम्बन्धि गतिविधि एवं संरचनाहरुमा नेपाल बाहिर रहेर प्रवासमा सिकेको खेलकुद सम्बन्धि नवीनतम सिप, प्रविधि र कौशल नेपालमा भित्र्याउन संघले सहयोग गर्ने सहमति समेत गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदको कार्यकारी परिषदमा गैरआवासीय नेपाली संघका तर्फबाट अन्तर्राष्ट्रिय युवा संयोजक पदेन सदस्यका रुपमा गैरआवासीय नेपाली संघको प्रतिनिधिका रुपमा व्यवस्था गरिएको छ । त्यस सम्बन्धमा परिषदको विद्यमान ऐनमा आवश्यकता अनुसार संशोधन परिवर्तनको पहल गरिने सम्झौता पत्रमा उल्लेख छ ।

यस्तै संघका तर्फबाट अन्तर्राष्ट्रिय युवा संयोजक र परिषदका तर्फबाट तोकिएका एक अधिकारी सम्मिलित दुई सदस्यीय टोलीले नै राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा गैरआवासीय नेपालीका सहभागिताका लागि संयोजनकारी भूमिका खेल्नेछ ।

संघका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद तथा परिषदका तर्फबाट कार्यकारी परिषद नै विभिन्न गतिविधिलाई कार्यन्वयनका लागि अन्तिम मान्यता दिने निकाय हुने सहमति गरिएको छ ।

संघ र परिषदको संयुक्त गतिविधि समेटी वार्षिक रुपमा एक प्रतिवेदन तयार गर्ने, गैरआवासीय नेपाली खेलाडीहरुको सहभागिता र गैरआवासीय नेपाली खेलाडीको प्रतिनिधित्व गर्ने गरि विभिन्न खेलकुद क्लब दर्ता एवं संचालनका लागि हाल विद्यमान ऐन नियमहरुमा आवश्यकता अनुसार परिषदले संशोधनको प्रक्रिया अगाडी बढाउने र त्यसरी संचालन हुने क्लब गैरआवासीय नेपाली संघको वैधानिक निर्णय एवं सिफारिसमा परिषदले दर्ता गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।

वि.सं.२०७५ फागुन १ बुधवार ०९:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...