back

चन्द्रागिरिमा लागुऔषधसम्बन्धी सचेतना अभियान

वि.सं.२०७५ फागुन १ बुधवार

165 

shares
NTC AD
Global IME AD

१ फागुन, काठमाडौ ।  काठमाडौँको चन्द्रागिरि नगरपालिकामा लागुऔषध नियन्त्रणसम्बन्धी सचेतना अभियान शुरु भएको छ । चन्द्रागिरि नगरपालिका र जागरण महिला विकास समाज नेपाललगायत विभिन्न संघसंस्थाले लागुऔषध दुरुपयोग नियन्त्रणका लागि उक्त अभियान थालेको हो ।

दिनप्रतिदिन प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेकाले यसलाई न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम थालिएको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो । सोही अभियानअन्तर्गत मङ्गलबार यहाँ विद्यार्थीलाई सचेतना दिने उद्देश्यले लागुऔषध नियन्त्रणसम्बन्धी अन्तर माध्यामिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता भएको थियो ।

सोह्र विद्यालय सहभागी सो प्रतियोगितामा ज्ञानसुधा एकेडेमी, रिम्स स्कूल, न्यू होराइजन स्कूल र मातृ अरविन्द स्कूलका विद्यार्थी क्रमशः प्रथम, द्धितीय र तृतीय हुन सफल भएका र उनीहरुलाई नगद रु सात हजार, पाँच हजार र रु तीन हजार पुरस्कार प्रदान गरिएको जागरण महिला विकास समाज नेपालकी अध्यक्ष सुगन्धा सुवेदीले जानकारी दिएका थिए ।

सो क्रममा विभिन्न सचेतनामूलक कार्यक्रमसहित गृहमन्त्रालयबाट प्राप्त चेतनामूलक सामाग्रीसमेत वितरण गरिएको थियो । विसं २०६९ को अध्ययनमा नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या ९१ हजार ५३४ रहेको छ ।

अहिले अध्ययनको क्रममा रहेकाले नयाँ तथ्याङ्क नआए पनि झण्डै रु एक लाख ५६ हजार नाघेको अनुमान गरिएको छ । वार्षिक ११ दशमलव ३६ प्रतिशतले सङ्ख्या वृद्धि भएको अध्ययनमा पाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारी खड्ग श्रेष्ठले जानकारी दिएका छन् ।

वि.सं.२०७५ फागुन १ बुधवार १०:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सगरमाथा आरोहणका लागि ५५ देशका ३५२ आरोहीले लिए अनुमति

सगरमाथा आरोहणका लागि ५५ देशका ३५२ आरोहीले लिए अनुमति

काठमाडौँ । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय...

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर...

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

कास्की । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको...

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...

कोशी प्रदेश : सङ्कल्प प्रस्ताव बहुमतले पारित

कोशी प्रदेश : सङ्कल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा सङ्कल्प प्रस्ताव बहुमतले पारित...

मन्त्री भण्डारी भन्छन् – बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ

मन्त्री भण्डारी भन्छन् – बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ

नारायणगढ (चितवन) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न...