back

समाना सुरक्षाबारे अमेरिकी सरकार र विपक्षीबीच सहमति

वि.सं.२०७५ फागुन १ बुधवार

153 

shares
NTC AD
Global IME AD

१ फागुन, वासिङ्टन, संयुक्त राज्य अमेरिका ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमानामा सुरक्षाका लागि पर्खाल निर्माणका लागि अमेरिकी सिनेटले रकम नछुट्टयाएका कारण सरकार र संसदबीच देखिएको विवादका केही बुँदामा अन्ततः सोमबार सहमति जुटेको छ ।

३५ दिनसम्म अस्थायी खर्चबन्दी भएको र अमेरिकी संघीय निकायहरू खर्चविहीन हुने अवस्थाबाट गुज्रेपछि राष्ट्रपतिले एक कदम पछि हट्दै आंशिक सरकारी कार्यालयको बन्द हटेको थियो ।

डेमोक्र्याट तथा रिपब्लिकन नेताहरूले सीमा सुरक्षाका विषयमा एक सैद्धान्तिक सहमति गरेसँगै अर्को अस्थायी खर्चबन्दी हुने र अमेरिकी संघीय निकायहरू खर्चविहीन हुने अवस्थाबाट गुज्रिने जोखिम टरेको हो ।

अमेरिकी सांसदहरूका अनुसार वाशिङटनमा भएको एक बैठकमा नयाँ सहमति जुटेको हो ।

सहमतिका बुँदाहरू बाहिर आइसकेका छैनन् । राष्ट्रपतिको यस सम्बन्धमा भनाई उहाँले पश्चिमी राज्य टेक्सासमा एक सभालाई सम्बोधन गर्ने कार्यक्रममा आउने अनुमान गरिएको छ ।

अर्को खर्चबन्दी रोक्न शुक्रवारसम्म दुई पक्षबीच सहमति जुट्नैपर्ने आवश्यक थियो ।

अमेरिकी इतिहासकै सबैभन्दा लामो खर्चबन्दीका कारण अमेरिकी अर्थतन्त्रमा ११ अर्ब डलर घाटा भएको अनुमान गरिएको छ ।

सोमवार साँझ वाशिङटनमा डेमोक्रेटिक र रिपब्लिकन नेताहरूबीच केही घन्टासम्म चलेको छलफलपछि विवादहरूमा सहमति जुटेको थियो ।

रिपब्लिकन सिनेटनर रिच्ड शेल्बीका अनुसार सबै मतभेदहरू हल भएका छन् ।

उनले भने, “सबै विषयमा सहमति जुटेको छ । त्यसका बुँदाहरू कर्मचारीहरूले केही दिनपछि बाहिर ल्याउनेछन् ।”

वि.सं.२०७५ फागुन १ बुधवार ११:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

टोकियो । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’...

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

  वासिङ्टन । अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल...

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

बेइजिङ । चीनका प्रधानमन्त्री ली छ्याङले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सँग...

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

सियोल । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम...