Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

खानेपानी आयोजना निर्माण सम्पन्न



१ फागुन, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–१ निवेलमा करीब रु ६० लाख लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको बजेटअन्तर्गत प्रदेशमै प्रदेश सरकारको लगानीमा निवेल खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो ।

कूल रु ५९ लाख ५३ हजार ४२ को लागतमा निर्माण सम्पन्न भएको आयोजनाबाट भीमसेन थापा गाउँपालिका निवेलका–४५ घरपरिवारले स्वच्छ खानेपानीको सुविधा पाएका छन् । उक्त आयोजना सम्झौता भएको करीब तीन महीनामा नै निर्माण सम्पन्न भएको मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले जानकारी दिए ।

मन्त्रालयले करीब रु ९४ लाख ६८ हजार रकम लागत अनुमान गरेको भए पनि स्थानीय उपभोक्ता समितिको श्रमदानसहित अनुमान गरिएको भन्दा कम खर्चमा आयोजना सम्पन्न भएको उनले बताए । उक्त आयोजनामा उपभोक्ता समितिले रु १२ लाख १२ हजार बराबरको श्रमदान गरेको आयोजनाका इञ्जिनीयर इन्द्र प्रताप बोहोराले जानकारी दिएका छन् ।

स्थानीय चिउरीगैरास्थित सुपुङ्गे खोलाको मुहानदेखि डेढ किलोमिटर दूरीबाट ल्याइएको पानी ट्याङ्कीमा सङ्कलन गरी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर बाँनियाले जानकारी दिए । पानी वितरणका लागि ३५ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको र सबै घरमा धारा बनाई पानी वितरण गरेको उनको भनाइ छ ।

विसं २०७२ वैसाख १२ गतेको बिनासकारी भूकम्पले यसअघिको आयोजनामा पूर्णरुपमा क्षति पु¥याएपछि त्यहाँका स्थानीयवासीले खानेपानीको समस्या भोग्दै आएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र