Logo
३ जेष्ठ २०७९, मंगलवार
     Tue May 17 2022
E-paper
  English Edition
   Unicode
Logo

उपप्रधान तथा रक्षामन्त्रीद्वारा दीक्षान्त कवाजको निरीक्षण



१ फागुन । राष्ट्रिय सेवा दलका सह संरक्षक माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले माघ २९ गते उक्त सेवा दलद्वारा सञ्चालित सि सं१४ सिनियर डिभिजन र सि सं ४५ जुनियर डिभिजन NCC तालिममा सहभागी क्याडेट छात्रछात्राहरुको वार्षिक सामुहिक क्याम्पहरु मध्ये नवलपरासी जिल्लाको हात्तीखोरस्थित श्री राष्ट्रिय सेवा दल, मध्य तालिम शिक्षालयमा सञ्चालन भएको चौथो चरणको सिनियर डिभिजन  NCC तालिमको दीक्षान्त कवाज निरीक्षण गरेका छन् ।

अनुशासित, मर्यादित, संस्कारयुक्त नागरिक, सामाजिक दायित्व, राज्यका संस्थाहरु प्रति सम्मान, मुलुक प्रति समर्पित, राष्ट्रियताको लागि नेतृत्व तथा व्यक्तित्व विकास, सामान्य सैनिक कला, विपद् व्यवस्थापन र विपत्तिको समयमा स्वयमसेवकको रुपमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले नेपाली सेनाले नेपाल अधिराज्य भरिका विभिन्न निजी तथा सरकारी विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरु सहभागी गराई यो तालिम बि सं २०२२ बाट सञ्चालन गर्दै आईरहेको छ ।

सोही अवसरमा उक्त शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी अर्जुन खड्काबाट तालिम सम्बन्धी ब्रिफिङ भए पश्चात माननीय उपप्रधान तथा रक्षामन्त्री श्री पोखरेलले क्याडेटहरुबाट हुने मोटिभेशनल ब्रिफिङ्ग तथा विभिन्न प्रदर्शनीहरुको अवलोकन, क्याडेटहरुलाई दज्र्यानी चिन्ह प्रदान, शिल्ड तथा पुरस्कार वितरण, विद्यालयहरुलाई प्रशंसापत्र प्रदान गर्नुको साथै क्याडेटहरुलाई सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु लगायत सम्बन्धित विद्यालयका शिक्षक र अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

साथै निरीक्षण भ्रमणको सिलसिलामा माननीय उपप्रधान तथा रक्षामन्त्री श्री पोखरेल हिजो मिति २०७५ माघ २८ गते उक्त तालिम शिक्षालयतर्फ प्रस्थान गर्नु भई आज काठमाण्डौं फिर्ता भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

[caption id="attachment_202464" align="aligncenter" width="300"] नीलकण्ठ तिवारी[/caption]   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार