
१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुश्मनले उत्तेजित बनाउँदा बिचलित हुनै नहुने बताएका छन् ।
संसारै आश्चर्य हुने गरी परीघटना दोहोरिरहेको नेपालमा नेकपा माओवादी र एमालेको एकतापछि संसारभरीका प्रतिक्रियावादीहरुको चासो बढेको बताए ।
२४ औं दिवशको अवसरमा पार्टी कार्यालय धुमवाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘जनताका दुश्मनहरु सल्बलाएका छन र उनीहरु हामीभित्र पसेर खेल्ने मात्र होइन, उत्तेजित बनाउन भरमग्दुर गर्दैछन्,’ उनले भने, ‘ जेठ ३ गते र फागुन १ गतेका एतिहासिक क्षणहरुलाई हामीले मुलुकको भविष्यसँग जोडेका हौं । सुदृढ र सवल कम्युनिष्ट पार्टी निर्माणको काम नसकिएको कारण बाँकी रहेको सबै समुह र व्यक्तिहरु एकतावद्ध हुन जरुरी छ ।’
‘कहिलेकाँही भनेजस्तो नहुन सक्छ, दुश्मन खेल्न सक्छ, आजको यो दिवस मनाइरहँदा नयाँ उत्साह र भावनात्म्क एकताको स्प्रिट थप भएकोले मलाई विस्वास छ अब कोही बिचलन हुने छैनौं ।’ कार्यकर्ता, जनता र प्रतिपक्षी समेतलाई उनले परिवर्तन संस्थागत गरेर समृद्द नेपाल तथा सुखी नेपालीको सपना साकार पार्न आग्रह गरे ।
नेकपाका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकीले संचालन गरेको सो कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले परिवर्तनको मुख्य आधार मान्दै जनयुद्ध र जनआन्दोलन दिवश देशव्यापी मनाउन शुरु गरेको बताएका थिए ।