Logo
४ जेष्ठ २०७९, बुधबार
     Wed May 18 2022
E-paper
  English Edition
   Unicode
Logo

पोल्याण्डमा अमेरिकी सेनाको उपस्थितिबारे द्विपक्षीय वार्ता



१ फागुन, वार्सा । सिन्ह्वा अमेरिकी र पोल्याण्डका विदेशमन्त्रीबीच संयुक्त राज्य अमेरिकाको सेना पोल्याण्डमा उपस्थितिका बारेमा द्विपक्षीय छलफल भएको समाचार छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र पोलिस विदेशमन्त्री जेस के चापुतोविचबीच उक्त विषयमा बुधबार वार्सामा द्विपक्षीय वार्ता भएको समाचारमा जनाइएको छ ।

हामी दुई जनाबीच यस विषयमा छफफल भएको छ र आगामी दिनमा पनि यो वार्ताले निरन्तरता पाउने अपेक्षा गरिएको छ– पोलिस विदेशमन्त्री जेस के चापुतोविचले बताए ।

उनले आगामी दिनमा यस विषयमा राजनीतिक वार्ता निरन्तर रहने जानकारी पनि पोलिस विदेशमन्त्रीले जानकारी दिएका छन् ।

उनीहरु दुई जनाबीच बुधबार नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन्स् (नेटो) को अमेरिकी सेनाहरु रहेको स्थानमा पनि भेटवार्ता हुने भएको छ । उक्तल स्थान पोल्याण्डको उत्तरी क्षेत्रमा पर्दछ ।

उक्त स्थानमा मध्यपूर्वी देशका समस्याका बारेमा सम्मेलन हुने भएको छ । उक्त सम्मेलनमा नेटो देशका पनि केही देशका विदेशमन्त्री रहने अनुमान गरिएको छ ।

पोल्याण्डले आफ्नो देशमा अमेरिकी सेनाको स्टेशन राख्न प्रस्ताव गरिरहेको छ । उक्त स्टेशन स्थायी प्रकृतिको हुने, सो क्षेत्रमा अमेरिकी सेना रहने प्रस्ताव पोल्याण्डको रहेको छ ।

त्यसका लागि अमेरिकाले पोल्याण्डलाई करिब दुई अर्ब अमेरिकी डर बराबरको आर्थिक सहायता दिनुपर्नेमा केही समयअघिदेखि पोल्याण्डले अमेरिकालाई यो प्रस्ताव गरेको हो ।

पोम्पेओ हाल युरोपको भ्रमणमा छन्  । उनी युरापेली देश हंगेरी र स्लोभाकिया र पोल्याण्डको भ्रमणमा निस्किएका हुन । यस क्रममा उनी बुधबार पोल्याण्ड पुगेका हुन्  ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[caption id="attachment_202464" align="aligncenter" width="300"] नीलकण्ठ तिवारी[/caption]   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार