
१ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले हाम्रो कुरा अरुले बोल्न नपर्ने बताएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भेनेजुयला प्रकरणमा पार्टी र सरकारले गरेको निर्णय प्रति लक्षित गर्दै लागेको कुरो बोल्ने स्वतन्त्रता नेपाल र नेपालीसँग भएको बताएका हुन् ।
पार्टी एकता तथा सरकारलाई असफल पार्ने अनेकौं प्रयास भैरहेको तर्फ संकेत गर्दै ओलीले बाबू र आमालाई छुटाउन त स्वर्थी सन्तानको प्रयास हुन्छ भने दुनियाँलाई टाउको दुखाई भएको बेला पार्टी भित्र खेल्नु कुनै अनौठो नभएको बताए ।
श्रम, रोजगार तथा सामाजीक सूरक्षा मन्त्रालयले बुधबार घोषणा गरेको कार्यक्रममा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले समाजवादको आधार निर्माण हुने गरि कार्यक्रम अघि बढाईने प्रष्ट्याए ।
कार्यक्रममा मन्त्री गोकर्ण बिष्टले सबैका लागि रोजगार : संबैधानिक अधिकारका रुपमा सफल पार्न आग्रह गरेका थिए ।
राष्ट्रिय सभागृहमा भएको सो कार्यक्रममा अत्यधिक भिड भएपछि हलमा पस्न नपाएकोमा आक्रोसित यूवाहरुको भिडले तोडफोडको प्रयास समेत गरेको थियो ।
वि.सं.२०७५ फागुन १ बुधवार १७:२६ मा प्रकाशित