
१ फागुन, नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा रहेको करोवल वागस्थित अरपिट होटलमा बिहान मंगलबार लागेको भयानक आगोले १८ जनाको ज्यान गएको छ ।
आगलागीमा स–साना बच्चासहित १८ जनाले ज्यान गुमाएको खबर छ भने तीनजना गम्भीर घाइते भएका छन् ।
मंगलबार बिहाँन ४ ः३० मा आगालागी भएको उक्त होटलमा भारतीय र बिदेशी गरी ४० जना नागरिक रहेको होटलमा बार सञ्चालन गरिरहेका रहेको ओमकार शर्माले जानकारी दिएका छन् ।
होटलको १०५ नम्बर कोठामा रहेको एसिको तार भएको कारणले उक्त दुर्घटना भएको बताइएको छ ।
उक्त आगलागीमा परी केरला राज्यबाट आएका एकै परिवारका ३५ जना मध्ये ७ जनाले ज्यान गुमाएको बताइएको छ । स्थानिय फायर बकेट विभागले दिएको जानकारी अनुसार एउटै परिवारका मृतकमध्ये, एक जना महिला र सात जना पुरुष रहेका छन् ।
सहकारी कार्यालयका सुनील चौधरीका अनुसार आगोमा २६ वटा ट्याबहरु फेला परेका छन् । आगो विहान ९ बजेमात्र नियन्त्रणमा आएको थियो ।
प्राप्त जानकारी अनुसार उक्त होटलका सञ्चालक राजेन्द्र केसीलाई भारत प्रहरीले पक्राउ गरेको छ । घट्नाको जानकारी लिन दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि पुगेका थिए ।