
नासर अलअली इन्टरप्राइजेजका ३० जना कामदारहरुले सुनको सिक्का पाएका छन् । आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अलीइन्टर प्राइसेसमा कार्यरत जना कामदारहरुलाई कम्पनी मालिक आसर अलअलीले ग्रामका दरले ३०० ग्राम सुनको सिक्का पुरस्कार स्वरुप प्रदान गरेका छन्।
कम्पनी मालिक अलीले उत्कृष्ट, मेहनती र इमान्दार कामदारहरुलाई सो सुनको सिक्का हालै प्रदान गरेका हुन्।सुनको सिक्का पाएर खुशीले दङग भएका कामदारहरुले आफुले पाएको यो सुनको सिक्का पुरस्कार घरमा श्रीमतिलाई पठाउने बताए।यसैगरी १ देखि ६ वर्षसम्म निरन्तर रुपमा सोही कम्पनीमा काम गरिरहेका कामदारहरुलाई पनि कम्पनी मालिक अलीले प्रमाणपत्र प्रदान गरेका थिए ।
सुनका सिक्का पुरस्कार पाउने कामदारहरुका अनुसार नासर अलअली इन्टरप्राइजेज आफैमा राम्रो कम्पनी भएको र कम्पनी मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएकोले उनले कामदारहरु सवै संगमा लिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने भएकोले सवै कामदारहरुका लागी उनी मालिक नभएर अविभावक हुन्।
आफनो घरपरिवारमा आर्थिक समस्या परेको वेलामा समेत आर्थिक सहयोग उपलब्ध गराएर समस्या टारिदिने गरेका कम्पनी मालिक नासर अलअलीले कामदारहरुलाई कहिले नहप्काउने तर सवैलाई मित्रवत व्यवहार गर्ने गरेको अनुभव त्यस कम्पनीमा कार्यरत सवै कामदारहरुको रहेको छ।समय समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि इत्यादी पुरस्कार स्वरुप दिएर कम्पनी मालिक नासर अलअलीले आफना कम्पनीको कामदारहरुको हौसला र मनोवल बढाउदै आइराखेको छ।