२ फागुन भद्रपुर । मेरी छोरी स्कुल जाँदा वरिपरिका सबै छक्क पर्थे झापा कचनकवल ६ की गुलेरुन बेगम सम्झिन्छिन्, अचम्म मानेर सबैले घुम्टोभित्रैबाट जिब्रो टोक्थे ।
त्यो समय अब परिवर्तन भइसकेको उनको बुझाई छ । छोरीलाई पढाउनै हुँदैन भनिन्थ्यो । अब त छोराहरुभन्दा छोरीहरु बढी पढ्न थालिसकेका छन्, उनी भन्छिन् ।
गरलेरुनकी छोरीले १२ कक्षा पास गरिसकिन् । अब उनी छोरीको पढाइ यहीँ रोकीदिन चाहान्छीन् । किनभने उनलाई छोरीको बिहे नहुने चिन्ता छ ।
मेरी छोरीले धेरै पढेकोले २१ वर्ष पुग्दा पनि बिहे हुन सकिरहेको छैन,उनले भनिन्, १२ सम्म पढाउँदा त यस्तो छ । अझ बढी पढाउँने हो भने के होला । बिहीबारको अन्नपुर्ण पोस्ट दैनिकमा राधा खनालले लेखेकी छन् ।