back

आज भ्यालेनटाइन ‘डे’, भुलेर पनि यी उपहार प्रेमिकालाई नदिनुहोस्

वि.सं.२०७५ फागुन २ बिहीवार

561 

shares
GLOBAL IME AD
NTC AD

 

आज १४ फरवरी । प्रेम गर्नेहरुका लागि विशेष दिन मानिन्छ भ्यालेन्टाइन डे । आजका दिन एकअर्कालाई फूल, लन्च, डिनर तथा बिभिन्न उपहार दिएर मनाइन्छ । तर, यदि तपाइ कसैलाई प्रेम प्रस्ताव गर्दै हुनुहुन्छ वा गरिसकेको अवस्थामा प्रेमलाई अझ स्मरणीय बनाउन चाहानुहुन्छ भने यी उपहार नदिनुनै राम्रो मानिन्छ । अझ प्रेमिकाका लागि भने विशेष सावधानी नै अपनाउनु पर्नेहुन्छ उपहार दिँदा ।

भुलेर पनि यी उपहार नदिनुहोस्


वाथ आइटम्स–नुहाउनका लागि प्रयोग गरिने वाथ आइटम जस्तै, सावुन, स्याम्पु, जेल, कंडिशनर, फेस वास लगायतका कुनै पनि आइटम्स आफ्नो उपहार लिस्टमा नपार्नुहोस् । यसले तपाइलाई माया गर्ने साथीको साथ छुटाउन सहयोग गर्दछ ।


कपडा–कपडा यसकारण कि, तपाइलाई आफ्नो प्रेमिकाको साइज थाहा हुँदैन् । अनुमानकै भरमा खरिद गर्दा जति राम्रो भए पनि यसको कुनै मतलब हुँदैन् । साइजका साथै कपडाको स्टाइलले फरक पार्दछ । अहिलेको जमानामा पहिले जस्तो ‘तपाइले जे दिनुहुन्छ दिनुहोस् म त्यसैमा खुसी हुन्छु’ भन्ने अवस्था छैन । त्यसैले पनि ध्यान दिनुहोस् कपडा खरिद गर्ने दुःख नगर्नुहोस् । यदि तपाइको जीवनसाथी वा प्रेमिकालाई दिनु मन छ र तपाइलाई उनलाई मनपर्ने कलर थाहा छ वा उनको साइज पनि थाहा छ भने त्यसलाई उपहारको रुपमा दिँदा फरक पर्दैन । तर, तपाइकी प्रेमिका वा जीवनसाथी जो पनि हुन् आजको दिन उनलाई कुनै राम्रो सपिङ मलमा लगेर आफ्नो औकातले भेटाउने समान या जीवनभर यादगार बनाउनका लागि सुन तथा हिराका गहना पनि खरिद गरिदिन सक्नुहुन्छ । (जसलाई दुःखमा पनि प्रयोग गर्न सकिन्छ ।) यसले उनमा अझ बढी खुसीयाली छाउछ ।


अघिल्लो वर्ष दिएको जस्तै उपहार– तपाइलाई सम्झना नभए पनि तपाइको जीवन साथी या प्रेमिकालाई तपाइले अघिल्लो वर्ष कस्तो गिप्ट दिनु भएको थियो भन्ने सम्झना रहन्छ । त्यसैले आफूलाई सम्झना नभए पनि के उपहार दिएको थिए भन्ने पत्ता लगाउने कोशिष गर्नुहोस् । भुलेर पनि अघिल्लो वर्षको जस्तो उपहार नदोहो¥याउनुहोस् ।


फूल– फूल सुन्दरता र प्रेमको प्रतिक पनि मानिन्छ । त्यसोत पहिलोपटक प्रेम प्रस्ताव गर्नेहरुले आफ्नी प्रेमिकालाई गुलावको फूल नै दिएर प्रेम प्रस्ताव गर्छन् । भनिन्छ आजको दिन प्रेम प्रस्ताव गर्नेलाई कुनै अप्ठ्यारो पर्दैन् । धेरै युवा युवतीहरु आफूलाई मन परेको युवा वा युवतीका सामु प्रेम प्रस्ताव राख्नका लागि आजका दिन यानि १४ फरवरी कुरेर बस्छन् । आजको दिन प्रेम प्रस्ताव राख्दा भलै तपाइ उनलाई मन नपरेको हुन सक्छ । तर, पनि उनले तपाइमाथि कुनैपनि नकारात्मक प्रतिक्रिया जनाउने छैनन् । तर, अहिलेको अवस्थामा पहिलेको जस्तै गुलावमै प्रेमिकाहरु रमाउँदैनन् । उनीहरुको मनमा लामो सपिङ लिस्ट हुन्छ ।

अल्कोहल–वाइनको बोटल नर्मल पार्टीहरुमा राम्रो मानिन्छ । तर, भ्यालेन्टाइन डेको उपहारमा यसलाई नरोज्दा नै हुन्छ । यस्तो चीजहरु जन्मदिन र बैबाहिक वर्षगाँठका अवसरमा उपहारका लागि रोज्दा नै राम्रो हुन्छ ।


कस्मेटिक–धेरै कम पुरुषमा आफ्नो प्रेमिका वा जीवनसाथीका लागि उपहारमा कस्मेटिक सामान खरिद गर्नुपर्छ भन्ने कम जानकारी हुन्छ । तर पनि भ्यालेन्टाइन डेको दिन आफ्नी प्रेमिका वा जीवन साथीलाई कस्मेटिक समान किनिदिन्छु भनेर योजना बनाउनु भएको छ भने त्यसलाई मनबाटै हटाइदिनुस् । किन कि युवतीहरुको आफ्नो फरक मेकअप ब्रान्ड हुन्छ । कुन चीज उनको लागि राम्रो हुन्छ भन्ने कुरा तपाइलाई थाहा हुँदैन् । यदि तपाइले उनले कस्मेटिक खरिद गर्ने समयमा देख्नु भएको उनलाई कुन ब्रान्डका समान मनपर्छ भन्ने थाहा छ भने त्यो खरिद गर्दा राम्रो हुन्छ ।


परफ्युम–भ्यालेन्टाइन उपहारमा फरफ्युम राख्दा नराम्रो मान्छे सम्भावना अति कम रहन्छ । परफ्युमको मतलब हो, आफ्नो शरीरको सरफाइ राम्रोसँग राख्नु तथा कसैका सामु पुग्दा पनि ‘ओ, हो कस्तो नमिठा गन्ध’ भन्ने नहुनु हो । यदि पुरुषले परफ्युम दिने सोच्नु भएको छ भने यो आइडिया नगर्दा नै राम्रो । पुरुषमा भन्दा महिलामा सफा सुग्घर हुनुपर्छ भन्ने कुरामा बढी ध्यान हुन्छ ।

धेरै महँगो उपहारमा आँख नलगाउनुहोस्–भनिन्छ प्रेमलाई कसैले किन्न सक्दैन् । प्रेम देखावटी नभएर हृदयदेखिनै प्रष्फुटन हुनुपर्छ । अनि मात्र दैनिकी जीवन प्रेममय बन्छ । युवा वा युवती दुवैजना फरक संस्कार र संस्कृतिमा हुर्किएका हुन्छन् । मन र भावनामा उनीहरुले एकअर्कालाई जीवन दिने कसम पनि खाएका हुन्छन् । तर, जीवन जीउदै जाने क्रममा आफ्नो पर्टनर आफूले सोचेको जस्तो नहुन सक्छ । त्यस्तो अवस्थामा सकारात्मक कुरालाई साथ दिदैं नकारात्मक कुरामा रचनात्मक आलोचना गरेर आफ्नो जीवन साथीलाई सच्याउँदै जानहोस् । यो नसोच्नुहोस् कि, यसबाट छुट्कारा पाएर अर्को साथी रोज्छु भन्ने । अर्को साथी पनि पहिलेको जस्तै फरक संस्कार र संस्कृतिबाट हुर्किदै आएको हुन्छ । तपाइलाई फेरि पहिलेको जस्तै समस्याको सामना गर्नुपर्ने हुन्छ । यदि तपाइ भ्यालेन्टाइन डेको दिन त्यस्तो उपहार दिने सोच्नु भएको छ जुन अत्यन्तै महँगो छ जुन उपहार उनी घरमा सजाएर राख्छिन या अल्मारीमा राख्छिन् । सस्तो नै किन नहोस् उनी उक्त उपहार दैनिक प्रयोग गर्छिन् भने उक्त उपहार दिनको सान्दर्भिकता रहनेछ ।

 

वि.सं.२०७५ फागुन २ बिहीवार ०८:५६ मा प्रकाशित

गायक मुरलीधरको नयाँ गीत सार्वजनिक

गायक मुरलीधरको नयाँ गीत सार्वजनिक

काठमाडौँ । ‘उडायो सपना सबै हुरीले’ बोलको गीतका गायक मुरलीधरको...

महिला निर्देशकको द्वन्द्व प्रधान चलचित्र ‘पीताम्बर’

महिला निर्देशकको द्वन्द्व प्रधान चलचित्र ‘पीताम्बर’

काठमाडौँ । अभिनेता प्रदीप खड्काले चलचित्र ‘पीताम्बर’ का लागि द्वन्द्वको...

कलाकारको उमेर होइन, अभिनय हेरिन्छः अभिनेता हमाल

कलाकारको उमेर होइन, अभिनय हेरिन्छः अभिनेता हमाल

काठमाडौँ । अभिनेता राजेश हमालले कलाकारलाई उमेरले असर नगर्ने भएकाले...