back

गाई पाल्न थालेपछि खाली छैन हातमा दाम

वि.सं.२०७५ फागुन २ बिहीवार

444 

shares
GLOBAL IME AD
NTC AD

२ फागुन, बेझाड । रासस सात वर्ष अगाडि निकै कष्टसँग जीवन गुजारा चलाउन बाध्य रामपुर नगरपालिका–६ बस्ने विष्णुदेवी गैरेलाई अहिले गाईपालन व्यवसाय अर्थोपार्जनको माध्यम बनेको छ ।

आफ्नोे परिवारमा कमाउने कोही व्यक्ति थिएन, व्यवसाय गर्न आफन्त, साथीभाइकहाँ ऋण सापटी माग्न पुग्दा सबै टाढिए । कसैको सहयोग र साथ नपाएपछि लालपुर्जा बैंकमा धितो राखेर सात वर्ष अघि नवलपरासीबाट रु ८० हजारमा होलस्टिन र जर्सी जातका गाई खरीद गरेर व्यवसाय शुरु गरेकामा गोठमा गाई बाध्न थालेको दिन देखि आम्दानी गर्ने गतिलो माध्यम बनेको उनले जानकारी दिए ।

दूध बिक्रीबाट राम्रो आम्दानी हुँदै गएपछि व्यवस्थित गोठ निर्माण र गाईको सङ्ख्या पनि थप गर्दै जाँदा अहिले उहाँको फार्ममा छ वटा माउ गाई र छ वटा कोरली बाँच्छी छन् । “चार गाई ब्याउने छन् अहिले दुई दुहुना गाईबाट ३० देखि ३५ लिटरसम्म दूध उत्पादन भइरहेको छ”, गैरेले भने । दूध बिक्रीबाट खर्च कटाएर मासिक रु ३५ हजार बराबर उनी आम्दानी गर्छन् ।

दूध बिक्रीका लागि बजार सहज भएकाले पनि व्यवसायमा हौसला झन बढ्दै गएको उनले गैरेले बताए । प्रतिलिटर रु ५५ मा दूध बिक्री भइरहेको छ । “पहिला निकै दुःख थियो आयस्रोत नहँुदा गाईपालन व्यवसाय चलाएपछि अहिले दिनहुँ हातमा दाम परिरहेको छ”, उनले भने । गैरे जिल्लामै नमूना गाईफार्म सञ्चालन गर्ने एक अगुवा महिला कृषक हुन् ।

सात लाख खर्चिएर व्यवसाय शुरु गरेकोमा यसलाई विस्तार गर्दै जाँदा अहिलेसम्म रु १५ लाख जति लगानी गरिसकेका गैरले दुई चार पैसा आवश्यक परेका बेला समाजमा ऋण माग्दा पैसा सापटी नदिनेका अगाडि अहिले अरूलाई ऋण दिनसक्ने हुनाका साथै पाँच जनाको परिवार अहिले सुखसँग पाल्न, घर व्यवहार चलाउन र दुई छोरालाई उच्च शिक्षा पढाउन सजिलो भएको बताए । गोठको क्षेत्रफल बढाएर ५०÷६० वटा सम्म गाई पाल्ने लक्ष्य रहेको उनले उल्लेख गरेका छन् । मेहनत गरियो भने अवस्य पनि सफलता मिल्दो रहेछ भन्ने अनुभव म आफैँले लिएकी छु उनले भने ।

भवन निर्माणका लागि आर्थिक सहयोग

क्रियाशील मगर उत्थान समूहको भवन निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको छ । समूहका सदस्य हीराबहादुर रानाले रु ७५ हजार १५५ भवन निर्माणका लागि सहयोग गरेका हुन् ।

समूहले थालनी गर्ने काममा सहयोग पु¥याउनका भवन निर्माणमा सहयोग गरेको उनले बताए । किसानबारी खेलमैदान अगाडि भवन निर्माण भइरहेको छ । समूहको कोषबाट रु १० लाख र अन्य सहयोगीको थप सहयोग रकमबाट दुईतले भवन निर्माण शुरु गरिएकोे उक्त समूहका अध्यक्ष रामबहादुर हिस्की थापाले बताए । बैठक, भेला, छलफल गर्न सजिलो होस् भन्ने उद्देश्यले भवन निर्माण थालिएको उनले बताए ।

वि.सं.२०७५ फागुन २ बिहीवार ०९:५१ मा प्रकाशित

च्याङ्ग्राको नश्ल सुधार तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म

च्याङ्ग्राको नश्ल सुधार तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म

मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत च्याङ्ग्रा...

गर्मी सुरु भएसँगै लेकतर्फ लाग्दै भेडाका बथान

गर्मी सुरु भएसँगै लेकतर्फ लाग्दै भेडाका बथान

लमजुङ । बेँसी आइपुगेर घुम्ती भेडीगोठमा रहेका भेडाका बथान यतिबेला...

तरकारी खेतीबाट आत्मनिर्भर मीना

तरकारी खेतीबाट आत्मनिर्भर मीना

गोरखा । यहाँको गोरखा नगरपालिका–७ डण्डीडाँडाकी ४३ वर्षीया मीना कोइराला...

महानगरद्वारा जै घाँस लगाउने किसानलाई सहयोग

महानगरद्वारा जै घाँस लगाउने किसानलाई सहयोग

गण्डकी । पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र जै घाँस लगाउने किसानलाई...

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या...

जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई खेतीपाती गर्न समस्या

जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई खेतीपाती गर्न समस्या

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ...