Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

कपडाले बताउँछ, तपाइको मनपर्ने मान्छे सिंगल या रिलेशनसीपमा !



आज भ्यालेन टाइन डे । आफूलाई मनपरेको मान्छेका सामु प्रेम प्रस्ताव राख्ने दिन । हुन त यो हामी नेपालीको यो संस्कार र संस्कृति नभए पनि प्रेम गर्ने संस्कार सबैमा हुन्छ र सबैलाई प्रेम गर्नुपर्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । त्यसैले पनि होला, नेपाली समाजमा पनि लोकप्रिय बन्दै गएको छ भ्यालेन्टाइन डे । नेपाली समाजमा विशेष गरेर युवायुवतीले पनि भ्यालेन टाइन डे लाई विशेष रुपमा लिने गरेका छन् । कतिपयले त भ्यालेनटाइन डे कै दिन बिहे गर्ने वा बच्चा जन्माउने गरेको पनि पाइन्छ । यतिबेला प्रेमको प्रतिक मानिने विभिन्न कलरका गुलावको फूल नेपालमा पनि विभिन्न देशबाट करोडौ रुपैयाँको आयात भएको पुष्प व्यवसायीहरु बताउँछन् ।

भनिन्छ आफूले एकोहोरो रुपमा मनमनै सजाएको मान्छे सिंगल छ कि रिलेशनसिपमा छ भनेर थाहा पाउन आजभोली सामाजिक सञ्जाल निकै महत्वपूर्ण बनेको छ । यसबाट पनि आफूले मन पारेको मान्छे सिंगल छ की सम्बन्धमा बाँधिएको छ भनेर पत्ता लगाउन सकिन्छ । तरपनि, कतिले नबताउने र सामाजिक सञ्जालमा पनि आफ्ना कुरा खुलेर नराख्ने भएकोले उनले लगाएको कपडाले पनि धेरै कुरा बताउछ भनिन्छ ।

हुन त, आजको समाजमा कपडाले नै मानिसको इज्जत राख्ने र उसको व्यक्तित्वको मानक पनि कपडाले नै गर्छ भनिन्छ । आजभोली यो प्रेममा पनि लागू भएको देखिन्छ । प्रेम गर्नेहरुले पनि यसबाट धेरै कुरा थाहा पाउने बताइन्छ ।


निलो (ब्लू)-जस्तै कुनै पनि युवा युवतीले निलो कलरको कपडा लगाएका छन् भने उनीहरु सिंगल रहेको थाहा पाउन सकिन्छ । तर, उनीहरु जोडि बनाउने तयारीमा रहेको पनि बुझ्न सकिन्छ ।


हरियो (ग्रीन) –कुनै पनि पुरुष या युवतीले हरियो कलरको कपडा लगाएका छन् भने यसको अर्थ हो उनीहरु जीवनमा कसैलाई पर्खिरहेका छन् । आफूले चाहेको मान्छे एक न एकदिन मेरो अवस्य हुन्छ भन्ने पर्खाइमा रहेको मानिन्छ ।


रातो-हुन त रातो गुलाव दिएरै प्रेम प्रस्ताव गरिन्छ । र विहेमा पनि रातो कपडाको प्रयोग गरिन्छ । त्यसो त रातोको परिचय दिनुपर्छ जस्तो लाग्दैन् । कुनै युवती बिहे बन्धनमा बाधिएकी छन् भने उनले कुनै कुनै रातो रंगको वस्तु लगाएर आफू रिलेशनसिपमा रहेको परिचय दिएकी हुन्छीन् । (जस्तै रातो पोते, रातो कपडा, रातो चुरा, रातो टिकालगायत) साथै उनी कसैको प्रेममा परेको पनि रातो कपडाले नै बताउँछ ।


कालो-हुन त आजभोली कालो कपडा लगाउनु स्लिम देखिनुको रुपमा पनि लिन्छन् धेरै युवतीहरु । तर, आजको दिन कालो कपडा लगाउने युवती प्रेमबाट आजित भएको वा यस्ता व्यक्तिबाट प्रेम प्रस्ताव अस्विकार हुने सम्भावना बढी हुने बताइन्छ । तर, यो होइन कि , उसलाई अरुले रिजेक्ट गरेर कालो कपडा लगाएको भन्ने । साथै साथीहरुबाट सहानुभुति लिनका लागि कालो कलेर चुनेको मानिन्छ ।


सेतो रंग–(ह्वाइट)- सेतो कलरले सधै शुद्धताको परिचय दिन्छ । यो कलर लगाउनेले कोहीसँग सम्बन्ध गासिसकेको वा अरु कसैलाई आफ्नो मनभित्र प्रवेशका लागि ढोका बन्द गरिसकेको बुझन सकिन्छ ।


सुन्तला रंग (अरेन्ज) –आजको दिन सुन्तला कलरको कपडा लगाउने युवक वा युवतीले आज प्रेम प्रस्ताव राख्न ठिक्क परेको बताइन्छ ।


गुलाबी कलर (पिंक)-आजको दिन वा अन्य दिन पनि गुलावी कलरको कपडा लगाउने युवक वा युवतीले कसैबाट प्रेम प्रस्ताव विना शर्त स्वीकारी सकेको परिचय दिइरहेका हुन्छन् ।
भान्टा (पर्पल) कलर–आजको दिन भान्टा कलर लगाउने युवा युवती प्रेममा चासो नभएको मानिन्छ । वा अर्कोपटकको लागि प्रयास गर्नका लागि अनुरोध गरिएको मानिन्छ ।


पहेलो (यलो) कलर–यलो कलरको कपडा लगाउने युवा युवतीको सम्बन्ध ब्रेकअप भएको मान्न सकिन्छ । पहेलो कपडा लगाउनुहोस्, के थाहा तपाइको मन टुटाउने मान्छे भन्दा राम्रो अर्को मान्छे भेटिन्छ कि !


ब्राउन कलर-आजको दिन वा अन्य दिन पनि ब्राउन कलर बढी लगाउने युवायुवतीको प्रेमिका वा प्रेमिबाट धोका खाएको वा मन टुटेको मान्न सकिन्छ ।

तस्बिरहरु :  एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्