Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ भट्टराई र श्रेष्ठलाई



२ फागुन, काठमाडौ ।  नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राष्ट्रिय समाचार समितिले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यस वर्ष रासस केन्द्रीय कार्यालयका प्रमुखसमाचारदाता तीर्थप्रसाद भट्टराई र उपव्यवस्थापक श्रव्य-तस्वीर उपसम्पादक रामलाल श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।

प्रमुख समाचारदाता भट्टराई २०५१ सालदेखि र उपव्यवस्थापक श्रेष्ठ २०४४ सालदेखि राससमा प्रवेश गरेका थिए । सङ्गठनको हालै बसेको बैठकले यही फागुन ७ गते आयोजना हुने रासको ५८ औँ वार्षिकोत्सवका अवसरमा उनीहरुलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेकोे सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले जानकारी दिए । पुरस्कारको राशि जनही रु पाँच हजार ५५५ छ ।

हाल जोशी सपिङ सेन्टर रहेको नयाँ सडक स्थित पूर्व व्यवस्थापक स्व आदित्यध्वज जोशीको घरबाट २०१८ साल फागुन ७ देखि राससको कार्य प्रारम्भ भएको थियो ।

पूर्व व्यवस्थापक स्व जोशीको नामबाट २०६६ मा स्थापित उक्त पुरस्कारबाट यसअघि राजु शाक्य, फिरुराम चौधरी, ध्रुवभक्त श्रेष्ठ, बलबहादुर विश्वकर्मा, मदन गौतम, शम्भुप्रसाद यादव, रमेश मिश्र, स्व पवित्रा गुरुङ, कृष्णप्रसाद शर्मा, भोलानाथ पौडेल, रामभगत बुढाथोकी, मङ्गलबहादुर जलहारी, न्हुछेराज बज्राचार्य, सागुरसिंह राना, जगतकृष्ण श्रेष्ठ र रजनी बज्राचार्य सम्मानित भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र