Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

मानवीय सहायताकर्मीको अझै खाद्यान्न भण्डारसम्म पहुँच भएन : राष्ट्रसङ्घ



२ फागुन,संयुक्त राष्ट्रसङ्घ । द्वन्द्वग्रस्त यमनमा खाद्यान्न सहयोगका लागि स्थापित खाद्यान्न भण्डारण केन्द्रसम्म पुग्न मानवीय सहयोगकर्मीको पहुँच हुन नसक्दा द्वन्द्वग्रस्त यमनी नागरिकको समस्या थप विकराल बन्दै गएको संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले बताए ।

उनले मङ्गलबार एक विज्ञप्ति जारी गरी होडेइडाको रेड सी मिल (सहायताका लागि खाद्यान्न भण्डारण केन्द्र)सम्म विश्व खाद्य कार्यक्रमको पहुँच नपुगेको र यो प्रष्टरूपमा एक दुःखद् अवस्था भएको छ, उनले सञ्चारकर्मीसँगको नियमित कुराकानीमा बताए ।

रेड सी मिलमा करिब ३७ लाख नागरिकलाई करिब एक महिनाका लागि पुग्ने खाद्यान्न भए पनि केन्द्रसम्म सहायताकर्मीलाई पुग्न विद्रोहीले नदिँदा गाउँगाउँमा खाद्यान्न आपूर्ति गर्नमा सम्भव नभएको र केन्द्रमा भण्डारण भएको खाद्यान्न बिग्रिने अवस्था आएको छ, उनले बताए ।

गत बिहीबार अन्तर्राष्ट्रिय समुदायबाट मान्यता प्राप्त सरकार तथा भन्सार अल्लाह नामक हुथी विद्रोहीका प्रतिनिधिबीच मानवीय सहायताको च्यानल खुला गर्ने अनौपचारिक सहमति भएको थियो तर उक्त सहमतिअनुसार सहायताका लागि राष्ट्रसङ्घीय अधिकारीलाई विद्रोहीको नियन्त्रण क्षेत्रमा रहेको भण्डारण केन्द्रमा पहुँच दिइएको छैन ।

राष्ट्रसङ्घीय अधिकारीले भन्नुभयो, “दुवै समूह वार्ता गरिएको पानी जहाजबाट आफ्नो कार्यक्षेत्र फर्किएका छन् । सहायता आपूर्तिमा सहयोगका लागि कुनै प्रतिक्रिया विद्रोहीबाट आएको छैन । हामीले विद्रोही नियन्त्रित क्षेत्रमा जान अनुमतिका लागि प्रतिक्षा गरिरहेका छौँ ।”

दुई समूहका प्रतिनिधिबीच यस हप्ताभित्र सहयोग आपूर्तिका लागि मार्ग प्रशस्त गर्ने सहमति बनेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । २०७४ मा भएको पहिलो स्थानीय तहको निर्वाचनमा धादिङमा ८ पालिका जित्दै एमाले

काठमाडौं । सांसदहरुले आगामी बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सर्वसाधारणको सहज पुहँच पुग्ने

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको पहिलो निर्वाचनमा नेकपा (एमाले)ले काठमाडौंमा काठमाडौं महानगरसहित

बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी

काठमाडौं । नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा