
२ फागुन, बेरूत, लेबनान । आर्थिक सङ्कटले ग्रस्त लेवनानको आर्थिक विकासमा योगदानका लागि संयुक्त अधिराज्य (बेलायत) ले लेबनानलाई २० करोड अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको लेबनानका लागि बेलायती राजदूत क्रिस रामप्लिङले बुधबार बताएका छन् ।
लेवनानी विदेशमन्त्री जेब्रान बसिलसँगको भेटपछि रामप्लिङको भनाइ उद्धृत गर्दै लेबनानी राष्ट्रिय समाचार संस्थाले जनाएको छ, “लेबनान र बेलायतबीचको दुईपक्षीय सम्बन्ध यस पहिलेको तुलनामा हालका दिनमा थप मजबुत बनिरहेको छ र बेलायतले लेबनानको अर्थतन्त्रको विकासका लागि थप सहयोग गर्न चाहिरहेको छ ।”
रामप्लिङले नयाँ सरकार लेबनानी राजासँगको द्वन्द्वमा निष्पक्ष बन्दै संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को सङ्कल्प प्रस्ताव १७०१ र १०५९ प्रति प्रतिवद्ध बन्नेमा विश्वास गरे ।
“हामीले सधै लेबनानको स्थायित्व र सार्वभौमसत्तालाई कूटनीतिक माध्यमबाट सहयोग गर्नेछौँ,” उनले बताए । लेबनानको आर्थिक क्षेत्रमा प्रभाव देखिने गरी गम्भीर सुधारका कामहरू हुनेमा बेलायत आशावादी रहेको उनले बताए ।
वि.सं.२०७५ फागुन २ बिहीवार ११:२७ मा प्रकाशित