Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

रेनल्टद्वारा गोउनको भूक्तानी रोक्का



२ फागुन, पेरिस । फ्रान्सको बहुराष्ट्रिय ख्यातिप्राप्त कार कम्पनी रेनल्टले उसका पूर्व कार्यकारी प्रमुख कार्लोस गोउनको भूक्तानी रोक्का गर्ने निर्णय गरेको छ ।

कम्पनीले आफ्ना पूर्व प्रमुखको दिन बाँकी देखिएको दुई बर्षको भूक्तानीलाई उनको नियुक्ति करारमा रहेको गैर–प्रतिस्पर्धी धारा अन्तर्गत तलबको दुई बर्ष बराबरको भूक्तानी रोक्ने निर्णय रेनल्टको सञ्चालक समितिको निर्णयबाट भएको बुधबार कम्पनीले जनाएको छ ।

बुधबारको बैठकले पूर्व कार्यकारी प्रमुख गोउनले रेनल्टको शेयरबाट पाउने लाखौँ यूरो बराबरको रकम पनि पाउन अयोग्य घोषणा गरिएको छ । उनको करारमा उनी रेनल्टमा रहेको अवस्थामा उक्त शेयर पाउने उल्लेख थियो ।

जापानी निस्सान कम्पनीकोसमेत जिम्मेवारी सम्हालेका गोउनलाई गलत वित्तीय रिपोर्टिङको आरोपमा गत नोभेम्बर १९ मा जापानबाट पक्राउ गरिएको थियो । उनले आफ्नाविरुद्ध लगाइएका आरोपहरू असत्य भएका भन्दै आरोपहरूको खण्डन गर्दै आएका छन् ।

सरकारी वकीलहरूले गोउनमाथि कम्पनीको झुटो वित्तीय प्रतिवेदन तयार गरेको आरोप लगाएका छन् । उनीमाथि खासगरी सन् २०१५ देखियता पाँच वर्षको अवधिमा तलब बापत लिएको करिब चार करोड ४० लाख अमेरिकी डलरलाई कम्पनीको वित्तीय विवरणमा समावेश नगरेको आरोप छ । वकीलहरूले वित्तीय सङ्कटका कारण निसानमा गरेको लगानीमा हुने जोखिमलाई विचार गरेर गोउनले आफूलाई सुरक्षित बनाएको आशंका पनि गरेका छन् ।

गोउनले अदालत समक्ष आफ्नो कार्यकालमा निसान कम्पनीले गरेका उपलब्धिहरूको व्याख्या गरेका थिए। उनले कम्पनीका उत्पादनलाई चीन, रुस, ब्राजिल र भारतसम्म विस्तार गरेको तथा विद्युतीय कार र स्वचालित ड्राइभिङ जस्ता नवीन प्रविधिको प्रयोगमा ल्याएको बताए।

केही वर्षयता निस्सान कम्पनीमा फ्रान्सेली कार उत्पादक रेनल्टले पनि शेयर लगानी गरेको छ । हाल निस्सानमा रेनल्टको ४३ प्रतिशत हिस्सा छ भने रेनल्टमा निसानको १५ प्रतिशत शेयर छ ।

पक्राउसँगै गोउनले रेनल्ट कम्पनीबाट राजिनामा गरेका छन् भने निस्सानले उहाँलाई आर्थिक हिनाविना गरेको आरोपमा हटाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४