
२ फागुन, गलकोट । धवलागिरि अञ्चल अस्पताल बागलुङले सेवारत चिकित्सकहरुका लागि चकित्सक आवास भवन निर्माण गरेको छ ।
एक करोड ४६ लाख २९ हजारको लागतमा निर्माण भएको दुईतले पक्की भवनमा चार परिवार बस्न मिल्ने धवलागिरि अञ्चल अस्पतालले जनाएको छ ।
दरबन्दीअनुसारका चिकित्सक नबस्ने समस्यालाई समाधान गर्न चिकित्सक आवास भवन निर्माण गरेको धवलागिरि अञ्चल अस्पताल विकास समितिका अध्यक्ष केवि रानामगरले बताएका छन् ।
एक मेडिकल सुपरिटेण्डेन्टसहित २१ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा नयाँ निर्माण भएको भवनसहित १६ चिकित्सकलाई आवास तयार भएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताए । अस्पतालले थप चिकित्सक आवाससमेत निर्माण गर्न थालिरहेको गौतमले जानकारी दिएका छन् ।
अस्पतालमा चिकित्सक नबस्ने परिपाटी चलिरहेको अवस्थामा सुविधासम्पन्न आवास निर्माण भएसँगै सेवारत चिकित्सकहरु लामो समयसम्म यहाँ बस्ने अपेक्षा अस्पतालले लिएको छ ।
बैंकको शाखारहित सेवा
बागलुङ काठेखोला गाउँपालिका–७ रेशमा माछापुच्छ«े बैंकले शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।
जनताको घरदैलोमा बैंकिङ सेवा पु¥याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा बुधबारबाट सञ्चालन ल्याइएको माछापुच्छ«े बैंकले जनाएको छ । अहिले त्यहाँका स्थानीयवासीलाई बैंकिङ कारोवार गर्न जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता रहेको छ ।
स्थानीय तहको निर्वाचनपछि बैंक गाउँ ल्याउन थालिएको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताएका छन् । पटक–पटकको पहल र संयोजनमा शाखारहित बैंकिङ सेवा प्रदान गर्न सफल भएको वडाध्यक्ष प्रेम लामिछानेले बताए ।
ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित शाखारहित सेवाबाट खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, रेमिट्यान्स भुक्तानी एवं कर्जा आवेदन दिने व्यवस्थासमेत उपलब्ध हुने बैंकका शाखा प्रमुख विनोद त्रिपाठीले बताए ।
वि.सं.२०७५ फागुन २ बिहीवार १२:३० मा प्रकाशित