
राष्ट्रपतिलाई प्रत्येक शब्दमा ‘सम्माननीयज्यू’ भन्ने अनि राष्ट्रपति र जनताको बीचमा पर्खाल खडा गर्ने परम्परागत कर्ममाथि मदन भण्डारीले यसरी व्यंग गरिरहनु भएको थियो राष्ट्रपति भवनको प्रेक्षागृहमा–राजा रहनु र नरहनु कुनै ठूलो कुरो होइन । महत्वपूर्ण कुरो दलाल नोकरशाही व्यवस्थाको अन्त हुनु पर्छ भन्ने हामी कम्युनिस्टहरुको निष्कर्ष हो ।’ तर त्यही नोकरशाही पुँजीपति वर्गले राज गरेको छ यतिबेलाको नेपालमा । राष्ट्रपति निवास सामन्तवादको केन्द्र भएको छ यतिबेला । त्यहाँको भावभंगिमा, बोली र संबोधनमा वाक्क लाग्ने सामन्तवादको गन्ध आउँछ ।
नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समय सक्रिय नेता प्रदिप नेपालले राष्टपतिका पछिल्ला प्रबृति सहित मुलुकको शुसासन र प्रणाली संस्थागत गर्ने बिषयमा कडा टिप्पणी गर्दे यो अभिब्यक्ति सार्बजनिक गरेका हुन । फागुन २ गते बिहिबार गोरखापत्रमा प्रकाशित भेनेजुएला, अमेरीका र नेपाल शिर्षकको लेखमा उनले भनेका छन् ।
प्रकृतिमा मात्र होइन, मान्छेको मनमा पनि चिसो लहर चलेको छ यतिबेला । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाको हस्तक्षेपकारी नीतिको विरोध गर्दै अर्जेन्टिनाको पक्षमा विज्ञप्ती दिनु भयो । ‘नेपालको शक्तिशाली मित्र अमेरिकाको विरोध गरेर चिन्नु न जान्नुको अर्जेन्टिनाको पक्षमा उभिएर नेकपाले भयङ्कर ठूलो गल्ती ग¥यो’ एकखालका मानिसको टिप्पणी थियो यो । अमेरिकी दूतावासले हतार–हतार सरकारको निर्णय माग ग¥यो । त्यसपछि नेपाल सरकारले आफ्नो अहस्तक्षेपको नीतिगत वक्तव्य दियो । त्यसपछि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी अमेरिकाको पक्षमा रहेकोे सार्वजनिक जानकारी पनि गराउनु भयो ।
तर अझै हाहाकारको आगो निभेको छैन । यद्यपि दुबै पार्टीले जे गर्नु पथ्र्यो त्यही गरेका छन् । सरकारले पनि अहस्तक्षेपको स्थायी विचार अघि सारेर ठीकै गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षले भेनेजुएलाको विरोध गरेर अमेरिकी हस्तक्षेपको समर्थन गर्ने कुरो संभव थिएन । प्रधानमन्त्री के…पी. ओलीको सरकारले पंचशीलको मार्ग अपनाएर ठिकै गरेको छ । बी.पीं कोइरालाको राजनीतिक कार्यक्रमको तिरस्कार गरेको नेपाली कांग्रेससँग अमेरिकाको समर्थन स्वभाविक बाटो थियो ।
तर अमेरिकाले किन नेपालसँग स्पष्टीकरण माग्यो ? किन अमेरिकाले चीनसँग स्पष्टीकरण माग्न सकेन ? किन अमेरिकाले हामीजस्तै सानो राष्ट्र उत्तर कोरियासँग स्पष्टीकरण माग्न सकेन ? किनभने चीन बलियो र स्वाधीन छ । गरीब नै भए पनि उत्तर कोरिया स्वाभिमान बोकेको राष्ट्र हो । के नेपालको, वीर नेपाली, वीर गोरखालीको इतिहास मरेकै हो ? के हामी शक्तिशालि राष्ट्रहरुको दास हुन मात्रै जन्मिएका हौं ? के नेपाली स्वाभिमान सधैंका लागि सकिएकै हो ?
म पनि अमेरिका गएको छु तीन पटक । पहिलो चोटी उनीहरुले बोलाएरै गएको थिएँ । त्यो पहिलोे यात्रा नै मेरा लागि अघाउँजी भएको थियो । वासिंगटनको डुपोण्ट सर्कलमा ‘वन डलर प्लिज’ (एक डलर देउ न) भनेर पसारिएका हातहरु, बिहानको चिसो छल्न तातो वाफ आउने न्यानो ढल तापिरहेका बुढाबुढीहरु त्यतिबेलै भेटेको थिएँ मैले । लिग अफ विमन भोटर्सका महिलाहरुसँगको कुराकानीमा ‘अमेरिकी मानसिकता महिलाप्रति साह्रै साँघुरो छ, राष्ट्रपति हुन हामीले अझै पचास वर्ष पर्खिनु पर्छ । राष्ट्रपति मातहतको जतिसुकै ठूलो पद पनि हामी पाउन सक्दछौं, तर हामीलाई अमेरिकीहरु राष्ट्रपति मान्न सक्दैनन्’ भनेर मलाई शिक्षा दिएका थिए ।
त्यही शिक्षाका आधारमा पछिल्लो राष्ट्रपतिय चुनावमा मैले ‘हिलारी क्लिण्टन जति लोकप्रिय भए पनि चुनाव चाहिं डोनाल्ड ट्रम्पले नै जित्छन्’ भनेर लेखेको थिएँ । धेरै रिसाउनु भयो नेपाली अमेरिकन मित्रहरु । जति रिसाए पनि लिग अफ विमन भोटर्सका पाका महिलाको भविष्यवाणी नै सही भयो ।
सोही यात्रमा मैले याले विश्वविद्यालयका एकजना प्रोफेसरसँग पनि कुरा गर्ने मौका पाएको थिएँ । मैले सोधेको थिएँ, ‘अमेरिका किन विश्वभरि हैकम चलाउन चाहन्छ ? पहिले कोरिया र भियतनाम अनि अहिले अफगानिस्तानमा अमेरिकी कारबाहीको बारेमा तपाईं के भन्नु हुन्छ ? उनको उत्तर थियो – अमेरिकी नागरिकलाई सरकारले विश्वमा के गर्छ भन्ने चासो हुँदैन । उनीहरु आफ्ना लागि प्रजातन्त्र चाहन्छन् । अरु मुलुकका मानिसलाई प्रजातन्त्र चाहिन्छ भने उनीहरुले संघर्ष गर्नु पर्छ भन्ने हाम्रा नागरिकहरुको सोच हो ।
नेपालले नबोलेको भए पनि हुन्थ्यो ! किन हतार हतार बोल्नु परेको प्रचण्डले ? भन्ने प्रश्नको जवाफमा म तपाईंहरुलाई एउटा जर्मन कविको कविता सुनाउन चाहन्छु ।
‘हिटलरको सेना आयो
मेरो एउटा छिमेकीलाई लिएर गयो
म केही बोलिन
किनभने उ कम्युनिस्ट थियो
फेरि हिटलरको सेना आयो
मेरो अर्को छिमेकीलाई लिएर गयो
फेरि पनि म केही बोलिन
किनभने उ यहुदी थियो
तेश्रो पटकक हिटलरको सेना
मलाई नै लिन आयो
मेरो पक्षमा बोलिदिने
मानिस कोही जीवित थिएन ।
सन्नाटा र हत्याको यति सुन्दर कविता त्यतिबेलाका जर्मन कविहरुले मात्रै लेख्न सकेका होलान्
अमेरिका मलाई मन पर्दैन, तर मेरा धेरै पृयजनलाई अमेरिका स्वर्गको चौतारो लाग्छ । आआफ्नो रुची हो । यसमा मेरो कुनै टिप्पणी छैन । तर अमेरिकाको कानून किन सार्वभौम हुनु पर्छ ? किनभने अमेरिकासँग पैसा छ । पैसाले जे पनि किन्न सकिन्छ भ्रममा बाँचेको छ अमेरिका । त्यसैले उ सधैं अन्य राष्ट्रका आन्तरिक मामिलामा हस्तक्षेप गर्छ । हामी लाचार नेपालीहरुलाई अमेरिकाका कुकर्मका विरुद्ध बोल्न डर लाग्छ ।
अरुका बारेमा बेकारमा किन टिप्पणी गरिरहने ? नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्धयकै बारेमा अलिकति टिप्पणी गरौं । ‘नेपालमा कार्लमाक्र्स जीवित छन्’ भनेर आफ्ना प्रभुलाई सतर्क गराउने न्युजविकका लागि नेकपामा, अहिले पनि मदन भण्डारी जीवित छन् भन्ने भ्रम छ । यद्यपि त्यो भ्रम हो । भ्रमै भए पनि त्यो छ । यस्तो स्थितिमा तपाईंहरुको जिभ्रो जथाभावि चल्ने हो भने अन्तिम निष्कर्षमा तपाईंहरु पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्छ । नेपाल कम्युनिस्ट पार्टीको अध्यक्षको गरीमा तपाईंहरुलाई थाहा छैन होला भन्न त मिल्दैन । तर त्यसलाई कसरी जोगाउनु पर्छ भन्नेतिर चाहिँ तपाईंहरुको ध्यान गएको छैन ।
सबैभन्दा ठूला मानिस हु नेपाली जनता । के गरेर जनतालाई सुखी, शक्तिशाली र स्वाभिमानी बनाउन सकिन्छ भन्ने कुरामा तपाईंहरुको ध्यान केन्द्रीत हुनु पर्छ । अहिले हामीलाई आफ्नो परिचय चाहिएको छ – स्वतन्त्र नेपाल, स्वतन्त्र नेपाली ।
यो स्वतन्त्र नेपाल र स्वतन्त्र नेपालीको लोगो बचाउन असाध्यै गाह्रो छ विशेष गरेर नेपाल कम्युनिस्ट पार्टीलाई । तपाईंहरुले के बुझ्नु पर्छ यतिबेलाको अन्तराष्ट्रिय परिस्थिति पनि झण्डै झण्डै वीसौं शताब्दीको अन्तिम दशकको जस्तै छ । विश्वसमाजवादी आन्दोलन अन्तिम सिंढीतिर झरिरहेको समयमा जनताको बहुदलीय जनवादको कार्यक्रम ल्याएर बौरिएको नेपालको कम्युनिस्ट पार्टी पुनः अग्निपरीक्षाको घडीमा उभिएको छ । नेपालमा नेपाल कम्युनिस्ट पार्टी बाहेक अरु कुनै पनि पार्टी जनपक्षीय छैनन् ।
एक्लो नेकपा कृष्ण भएर उभिएको अहिलेको महाभारतमा । रांैचिरा विरोध थोपरिएका छन् कम्युनिस्ट पार्टीका विरुद्धमा । सबै विरोधहरु बुमेराङ भैरहे पनि कांग्रेस थाकेको छैन, झुट्टा आरोप लगाउने कामबाट । ३३ किलो सुन हरायो, कति करोडको गाडी पनि हरायो, कति करोडको हेलिकोप्टर पनि हरायो, अहिले आएको एनसेल कर पनि कुनै दिन हराउला नै । किनभने पुँजीवाद भनेको भ्रष्टाचारको दाइ हो । जुनसुकै पार्टीको राज भए पनि पुँजीवाद रहेसम्म भ्रष्टाचार भै रहन्छ । यसमा नेकपाका दुबै अध्यक्षले नबोल्नु उपयुक्त हुन्छ । पुँजीवादमा ‘भ्रष्टाचारमा शून्य सहनशीलता’ भन्नै हुँदैन । यो शून्य सहनशीलता भनेको चाहिँ फिनल्याण्ड, स्वीडेन, नर्वेजस्ता समृद्ध पुँजीवादी मुलुकले भन्ने हो । अहिले ती मुलुकहरु नै समाजवादतिर छलाङ लगाउने अवस्थामा पुगेका छन् । समाजवाद खालि बन्दुकबाट आउने प्रणाली होइन । त्यो पुँजीवादका सबै अवयवलाई चिरेर, पुँजीवादलाई भित्रबाटै नाश गरेर आउने प्रणाली हो ।
राष्ट्रपतिलाई प्रत्येक शब्दमा ‘सम्माननीयज्यु’ भन्ने अनि राष्ट्रपति र जनताको बीचमा पर्खाल खडा गर्ने परम्परागत कर्ममाथि मदन भण्डारीले यसरी व्यंग गरिरहनु भएको थियो राष्ट्रपति भवनको प्रेक्षागृहमा–राजा रहनु र नरहनु कुनै ठूलो कुरो होइन । महत्वपूर्ण कुरो दलाल नोकरशाही व्यवस्थाको अन्त हुनु पर्छ भन्ने हामी कम्युनिस्टहरुको निष्कर्ष हो ।’ तर त्यही नोकरशाही पुँजीपति वर्गले राज गरेको छ यतिबेलाको नेपालमा । राष्ट्रपति निवास सामन्तवादको केन्द्र भएको छ यतिबेला । त्यहाँको भावभंगिमा, बोली र संबोधनमा वाक्क लाग्ने सामन्तवादको गन्ध आउँछ ।
नेपाल भित्रै पनि अरुले के गरे हामीले के ग¥यौं भनेर तुलना गर्ने होइन । अरुले जे गरे पनि हामीले जनहीतमा काम गर्ने हो । तुइन, विस्थापनको काम पुरा भयो ? भए राम्रो । भएन भने छिटो पुरा गर्नु प¥यो । सबै प्रदेशहरु आत्मनिर्भर हुन सक्ने खुबीका छन् । प्रदेशहरुको उर्जा पत्ता लगाउने र भर्ने काम भयो ? भएन भने छिटो गर्नु प¥यो । मेलम्चीमा अरबौंको भ्रष्टाचार भयो । तर त्योे अझै बन्न सकेको छैन । बनाउनु प¥यो । केन्द्रले प्रदेशलाई र प्रदेशले स्थानीय सरकारलार्ई अधिकार दिन कन्जुस्याई गर्नु भएन । स्थानीय सरकार जति बलियो हुन्छ, दलाल तथा नोकरशाही पुँजीवाद त्यति नै कमजोर हुन्छ ।
अध्यक्षज्युहरु, इतिहासले तपाईंहरुलाई नधिक्कारोस । होस गर्नुस –नेकपाको उच्छेद गर्नेहरु अमेरिका या काँग्रेसमा मात्र होइन, तपाईंहरुकै ओरिपरी पनि छन ।
वि.सं.२०७५ फागुन २ बिहीवार १३:३४ मा प्रकाशित