Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रधानमन्त्री भन्छन्– ‘पैसा चलाउनुहोस्, पैसाले चल्ला बनाउछ’



३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसालाई चलायमान बनाउनु पर्ने बताएका छन् ।

आज राजधानीमा आयोजित जनताको जलविधुत् उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा धेरै पैसा निश्क्रिय रहेकोले अब त्यसलाई चलायमान बनाउनु पर्ने बताउँदै भने, ‘निश्क्रिय पैसालाई परिचालन गर्नुस्, पैसा परिचालन भयो भने, अण्डा पार्छ र चल्ला उडाउँछ । पैसा रहिरह्यो भने त्यो खिइन्छ ।’

प्रधानमन्त्री ओलीले मेरो देश मै बनाउँछु भनेर लागेमा मात्र देश बन्ने बताउँदै देशमा हरेक चिज हुँदा हुँदै पनि हामी गरिब रहेको भन्दै दुनियामा यस्ता कुरा कमै रहेको बताए । ‘हामीसँग प्राकृतिक सम्पदा छ भरिपुर्ण छ, अत्यन्तै उर्भर र विविधतायुक्त जहाँ जलचर थलचर सबैले हुर्कन र फैलन पाउने प्रकृति छ, हिमाल छ,’ उनले भने, जीवन दाइने खोलाहरु छन्, तेल खानी, फलाम खानी, खोलाको पानी चाल्दा सुन भेटिन्छ, खोलामा पानी बगेको छ तर खेत बाँझै छन् । जलसम्पदामा धनी छौं तर आफ्नो विजुली छैन् । विजुली किनेर बत्ति बाल्नुपर्ने अवस्था छ ।’

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको सबैको सपना भएको र सपना साकार पार्नका लागि सरकार हरेक दिन एक कदम अगाडि बडिरहेको बताउँदै नेपालको इतिहासमै धेरै योजनाहरु अगाडि बढाइएको बताए । उनले समुद्ध नेपाल सुखी नेपाली सबैको चाहना भएको र सुखप्राप्ति अन्तिम उद्धेश्य रहेकोले यस्तो साझा आंकाक्षा अभिव्यक्त गर्दा पनि कतिपयले टिप्पणी गरेको बताए ।

उनले जलविद्युत्को पहिलो सेयर आफूले लिने प्रतिवद्धता गर्दै अन्य सेयर देशले किन्ने बताउदै हरेकको सन्ततिका लागि तथा देश विकासका लागि यो महाअभियानमा सबैको साथ आवस्यक रहेको बताए ।

उनले अबको १० वर्षभित्रमा नेपालले विकासको काचुली फेरेर अल्पविकसित होइन कि, विकाससील नेपाल बन्ने बताए । उनले कुप्रचार र अन्योलको प्रभावमा नपरी राष्ट्र निर्माण र समृद्दि हासिल गर्नका लागि सबै लागिपर्नु पर्ने समेत बताएका थिए ।

प्रधानमन्त्री ओलीले यो कार्यक्रम जनताको कार्यक्रम भएकोले सफल हुने र सफलता प्राप्त गर्नैपर्ने ब समेत बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।