back

‘प्रेम’

वि.सं.२०७५ फागुन २ बिहीवार

627 

shares
NTC AD
Global IME AD

प्रेम शब्द निकै आश्च्चर्यजनक छ । जति बुझ्यो त्यति कठिन, झन झन बुझ्यो झन कठिन । यो किन हुन्छ, कहाँ हुन्छ, को संग हुन्छ, कसैले पनि सहि उत्तर दिन सकेका छैनन् । कस्तो अदृश्य शक्ति छ प्रेम भित्र ? यहि प्रेमको कारण कसैको जीवनमा पुूर्ण हरियाली छाइरहेको देखिन्छ त कतै रगतको खोला पनि बगेको देखिन्छ । माया सागर जस्तै गहिरो, झरना जस्तै चन्चल अनि समुद्रको पानी जस्तै कन्चन छ । अपार छ । विशाल छ । आत्मिय छ । मधुरता छ । भाबुकता छ । विश्वास छ । सद्भाव छ । समर्पण छ । दया, करुणा, सहयोग, सन्तुष्टि, सुख आनन्द सबै त्यहि मायामा छ ।

सबभन्दा बढी खोजिने र भनिने शब्द प्रेम हो । प्रेम बिना जीवन अधुरो हुन्छ । पृथ्वी जगतका सम्पुर्ण प्राणीहरुमा प्रेम हुन्छ, प्राणी अनुसार प्रेम उत्पन्न हुने तरिका पनि अलग अलग हुन्छन ।

प्रेम तीन स्तरमा आउछन–चाहना, बासना र निर्बलको रुपमा । अधिकतम मानिसहरुले चाहनाबाट प्रेमको उत्पन्न हुने बताएको पाइन्छ । प्रेम एक शास्वत भाव हो, जब यस धर्तीको रचना भयो त्यहि कालबाट नै प्रेमको शुरुआत भएको हो, आजपनि छ र भोलि पनि रहनेछ ।
प्रकृतिको कण–कणमा प्रेम छ । प्रेमको उर्जा बाटनै प्रकृति निरन्तर अकुंराउछ । निस्चित समयमा फुल्छ र फल पनि दिन्छ । प्रेम अदभूत र अदृश्य हुन्छ, अनादिकालदेखि नै शन्त महासन्त, महात्मा, लेखक, कवि, मनोबैज्ञानिक एबम कलाकारहरुले निरन्तर व्याख्या गरिरहेका छन, न यो व्याख्या गरेर सकिन्छ न त यसको अन्त्य छ ।

प्रेम शब्द निकै आश्च्चर्यजनक छ । जति बुझ्यो त्यति कठिन, झन झन बुझ्यो झन कठिन । यो किन हुन्छ, कहाँ हुन्छ, को संग हुन्छ, कसैले पनि सहि उत्तर दिन सकेका छैनन् । कस्तो अदृश्य शक्ति छ प्रेम भित्र ? यहि प्रेमको कारण कसैको जीवनमा पुूर्ण हरियाली छाइरहेको देखिन्छ त कतै रगतको खोला पनि बगेको देखिन्छ । माया सागर जस्तै गहिरो, झरना जस्तै चन्चल अनि समुद्रको पानी जस्तै कन्चन छ । अपार छ । विशाल छ । आत्मिय छ । मधुरता छ । भाबुकता छ । विश्वास छ । सद्भाव छ । समर्पण छ । दया, करुणा, सहयोग, सन्तुष्टि, सुख आनन्द सबै त्यहि मायामा छ ।

प्रेम शब्द सुन्नासाथ हामी अन्दाज लगाउने गर्छौं कि, जवानी अवस्थामा पुगेका युवा युवती एक आपसमा आकर्षक हुनु हो तर वास्तवमा माया त्यतिमा मात्र सिमित नभएर मायाले ठूलो क्षेत्रफल ओगटेको छ । प्रेम कुनैपनी प्राणीबीच हुन सक्छ । प्रेम हुनलाई कुनै समय तथा कुनै बिशेष ठाँउको आबश्यकता पर्दैन । यसलाई कुनै उमेरले पनि प्रभाब पार्दैन । जाती, धर्म,रुप, रङ तथा सम्पत्ति सङ कुनै सम्बन्ध पनि हुदैन । यतिमात्र कहाँ हो र मानिस प्रकृतीका दृश्यहरुसंग पनि प्रेम गर्दछन । कोहि टुलुटुलु हेरिरहन्छन त कोअि धुरुधुरु रोइदिन्छन । कसैले ईश्वरसंग प्रेम गरेर भक्तिमा आफ्नो सम्पूर्ण जीवन बिताई दिन्छन । शोधकर्ताका अनुसार प्रेममा अदृश्य शक्ति हुन्छ जसले पुरै ब्रह्माण्डलाई आफ्नो अधिनमा गर्न सक्दछ ।

प्रेम एक गहिरो खुशीको अनुभुती हो जसले सम्पुर्ण प्राणी जगतलाई सकारात्मक बिचार सहित सहि दिशातिर डोरयाउने काम गर्दछ । आध्यात्मिक महागुरु शदगुरु भन्नुहुन्छ– प्रेमको मतलब जब आफ्नो प्राण भन्दा दोश्रो ब्यक्ति या कुनै चिज महत्वपूर्ण मानिन्छ भने त्यहाँ बल्ल दिब्य प्रेम हुन्छ । प्रेममा आफ्नो मन निष्क्रिय हुन्छ । आफूले चाहेर केहिपनी गर्न सकिदैन । केही प्राप्त गर्ने चाहना नै हुँदैन । आफूसंग भएको सबैचिज तन मन समर्पण गर्नु नै आध्यात्मिक या भौतिक प्रेम हो । जब आफूभित्र केही प्राप्त गर्ने इच्क्षा सकिन्छ तब दिब्य प्रेम शुरु हुन्छ ।

महान बैज्ञानिक विलियम सेक्सपियरले भनेका छन–love is answer to anything.Its the only reason to do anything.If you don’t write stories you love, youll’ never make it.If you don’t write stories that other people love, youll’ never make it.भनिन्छ माया अँखामा हुन्छ । कसले कति माया गरेको छ भन्नेकुरा आँखामा झल्किन्छ । यो एउटा अनुभुती मात्रै हो । माया त आत्मासंग जोडिएको हुन्छ, यो देखाउन सकिँदैन, किन कि, यसको कुनै साइज र तौल हुदैन । मायाका विविध रुप हुन्छन । यो अदभूत हुन्छ । लेखक तथा कबिहरुले प्रेमका थुप्रै कहानीहरु लेखेका छन । लैला मजनु, रोमियो जुलियट, मुना मदन, सावित्री सत्यवान आदि यस्तै थुप्रै कहानीहरु छन, थुप्रै चलचित्र पनि बनेका छन । दार्शनिकका अनुसार मानव जीवनमा गरिने प्रेमलाई तीन प्रकारको प्रेम वर्गीकरण गरेका छन ।

आकर्षण प्रेम 
यसमा मानिसको सुन्दरता, हाउभाउ र क्रियाकलाप देखेर गरिन्छ प्राय ःयो एकतर्फी हुने गर्दछ । यो प्रेममा बासना लुकेको हुन्छ । जुन प्रेममा बासना हुन्छ त्यस्मा बिस्तारै विष घोलिन सक्छ जसले सुन्दर जीवन नष्ट गरिदिन सक्छ । कहिलेकाही यो प्रेम दोहोरो भएर सम्बन्धमा पनि परिणत हुने गर्दछ तर लामो टिकाउ कम नै देखिन्छ ।

धन दौलत प्रेम
दौलत प्रेममा प्रेमको छिटो बिकाश हुन्छ । यसमा स्वार्थ लुकेको हुन्छ । धन दौलत, सुबिधा कमि हुनासाथ यो प्रेम धरापमा पर्ने ठूलो सम्भाबना हुन्छ । यो पनि एक प्रकारको विष नै हो यसले पनि ढिलो भएपनि नोक्सान पुर्याउने देखिन्छ ।

दिब्य प्रेम
यसलाई साँचो प्रेम पनि भनिन्छ । कहिँ कसैलाई देख्दैमा यो प्रेम शुरु हुदैन । यो प्रेममा जब एकले अर्कोलाई राम्रोसंग बुझेको हुन्छ, उसको गैरहाजिरीमा अभाव महशुस हुन्छ । जब दुई फरक अाँखाहरुमा एउटा सपना हुन्छ , त्यहाँ आनन्द हुन्छ । सन्तुष्टि हुन्छ, त्यहाँ साँचो प्रेम अर्थात दिब्य प्रेम हुन्छ । साँचो प्रेममा माग हुदैन केवल अर्पण र त्याग हुन्छ । जहाँ लेनदेन हुन्छ त्यहाँ प्रेम हुदैन । जहाँ साँचो प्रेम हुन्छ त्यहाँ प्रकाश हुन्छ जहाँ प्रकाश त्यहाँ आनन्द, सन्तुष्टि अनि खुशी हुन्छ ।

प्रेम ठुलो शक्ति हो । अरुलाई सकारात्मक प्रेम गरौ, सकिदैन घृणा कदापी नगरौं । प्रेममा समर्पण हुन्छ, समर्पणले म भन्ने अहंता नष्ट हुन्छ । आध्यात्मिक प्रेम होस या भौंतिक प्रेम होस यो प्रेमले जीवनमा सरलता र सुख ल्याउछ ।

प्रेम प्राणी जगतमा मात्रै नभएर बनस्पति जगतमा पनि हुन्छ । प्रकृतीले हेरिहेको हुन्छ । दिया,े आफू जलेर हामीलाई उज्यालो दिइरहेको हुन्छ । फुलहरु फुलेर आफ्नो सुन्दरता हाम्रो आँखालाई प्रदान गर्दै आफू सुकेर अनि खसेर जान्छन, अरु भिन्न भिन्न बिरुवाहरुले पनि हामीलाई फलफूलहरु प्रदान गर्छन यो पनि एक प्रकारको प्रेम हो । यस जगतमा रोम रोममा हामीले प्रेम पाइरहेका छौ । हामीलाई बुझ्न गाह्रो छ ! प्रेम अजम्बरी अनि अपरम्पार छ,साँचो प्रेममा शक्ति हुन्छ यो शक्तिले अन्धाहरुले देख्न सक्छन भने बहिराहरुले पनि सुन्न सक्छन । प्रेममा आफूलाइ समर्पित गर्न सके मात्र साँचो प्रेमको अर्थ बुझ्न सकिन्छ ।

सुनेको कथा अनुसार एक नदी समुन्द्रको दिशातिर यात्रा गरिरहेको थियो, प्रायः सबै नदीहरु पहाड बाट निस्केपछी आफ्नो यात्रा गन्तब्य समुन्द्रलाई नै बनाउछन । जब नदी पहाड भत्काउदै किनारा बनाउदै खोच, नाला हुँदै समुन्द्री यात्रामा अगाडी बढी रहेको थियो यसैक्रममा बाटोमा एक मरुभूमि भेटियो जसले नदीलाई अगाडी बढ्नुमा बाधा पार्यो । नदीले त्यस मरुभूमिलाई पार गर्न हर प्रयत्न गर्यो तर सफल हुन सकेन । यसरी असफल भैसकेपछि नदिले आफूलाई त्यहाँबाट पार गराइदिनको लागि अनुरोध गर्यो । जवाफमा मरुभूमीले नदिलाई भन्यो–आफूलाई हावामा विलीन गराउ ! यहाँ तिमी जस्तै थुप्रै नदीहरु अलपत्र अवस्था छन । फेरि नदीले जिज्ञासा राख्यो–मेरो अस्तित्व नै मेटाएर म कसरी भेट्न सक्छु समुन्द्रलाई ? आफ्नो अस्तित्व मेटाएर मात्र साचो प्रेम पाउन सकिन्छ, यदि तिमिले आफूलाइ हावामा बिलिन गर्यो भने मात्र यो मरुभूमिलाई पार गर्न सक्ने छौ । यति सुनिसके पछि नदीले आफुलाई हावामा विलिन गर्यो । अन्त्यमा, प्रेम ठूलो शक्ति हो । अरुलाई सकारात्मक प्रेम गरौ, सकिदैन घृणा कदापी नगरौं । प्रेममा समर्पण हुन्छ, समर्पणले म भन्ने अहंता नष्ट हुन्छ । आध्यात्मिक प्रेम होस् या भौंतिक प्रेम, यो प्रेमले जीवनमा सरलता र सुख ल्याउछ ।

हाल:अफगानिस्तान

वि.सं.२०७५ फागुन २ बिहीवार १४:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD