Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

निर्यात प्रवद्र्धन नवनियुक्त राजदूतको प्राथमिकता




२ फागुन, काठमाडौँ। विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतले कूटनीतिक सम्बन्धलाई मजबुद बनाउँदै वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले कूटनीतिक प्रयासमार्फत सम्बन्धित मुलुकबाट प्रत्यक्ष वैदेशिक लगानी भित्रयाउनसमेत सक्दो पहल गर्ने बताएका हुन् ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सहभागी भारत, मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई)का लागि नवनियुक्त नेपाली राजतदूतले नेपालको व्यापार घाटा न्यूनीकरणका लागि नेपाली उत्पादनको प्रचार गर्दै निर्यात प्रवद्र्धन गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले निर्यात प्रवद्र्धनमा देखिएका कानूनी झन्झट हटाउन पहल गरिने बताए । उनले भने, “निर्यातको परिमाण र विविधता बढाउन आवश्यक छ । दुई देशको संयुक्त लगानीमा उद्योग कलकारखाना सञ्चालन गरेर निर्यात बढाउन सकिन्छ । यसतर्फ मेरो ध्यान रहन्छ ।”

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियासँग असल श्रम सम्बन्ध कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मलेसियालगायत फिलिपिन्स, ब्रुनाई र इन्डोनेसियाबाट समेत वैदेशिक लगानी भित्र्याउन पहल गरिने बताए ।

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउँदै त्यहाँ देखिएका नेपाली घरेलु कामदारको समस्या समाधान गरिने बताए । आधारभूत विषयमा जानकारी नहुँदा युएईमा नेपाली श्रमिकले अकालमै ज्यान गुमाउनुपरेको यथार्थ आफूले बुझेको जिकीर गर्दै उनले सबै श्रमिकमाझ जनचेतना जगाउन अभियान सञ्चालन गरिने बताए ।

युएईमा नेपालको कृषिजन्य उत्पादन निर्यात गर्ने प्रचूर सम्भावना औँल्याउँदै राजदूत ढकालले कृषि, पानी प्रशोधन, र पुष्प खेतीका क्षेत्रमा लगानी भित्रयाउन र तिनै उत्पादन बिक्री गरेर व्यापार घाटा कम गर्न सकिने बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले