३ फागुन, काठमाडौ । प्रधानमन्त्री केपी ओलीले आफु सरकारको नेतृत्वमा आउँदा लगभग खाली रहेको भाँडो एक वर्षमा आधा भरिएको जिकीर गरेका छन् । उनले आफु नेतृत्वको सरकारले उत्साहजनक काम गरिरहेको बताए ।
सरकारले एकवर्षे कार्यकाल पुरा गरेको सन्दर्भमा बिहीबार सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, पटक पटक सरकार फेरीने बानी परेकालाई अहिले सरकारले काम नगरेजस्तो मात्रै भएको हो । तर, सरकारले काम गरिरहेको छ । उनले अब सरकार नफेरीने बताए । उनले भने म विनम्र अनुरोध गर्छु बानी फेरौँ, नयाँ बानी पारौँ ।
आफ्नो नेतृत्वको सरकारले एक वर्षमा मूलुकको समृद्धिका लागि आधार तयार पारेको उनले बताए ।उनले भने,निष्ठापूर्वक सरकारले एकवर्षे अवधी पुरा गरेको छ । यो एक वर्ष आधार वर्ष भएको छ । आगामी वर्ष उपलब्धीका वर्ष हुनेछन् । शुक्रबारको अन्नपुर्ण पोस्ट दैनिक रामकृष्ण अधिकारीले लेखेका छन् ।