
३ फागुन, काठमाडौ । सरकारले सार्वजनिक जग्गाको संरक्षण गर्ने बताउँदै आए पनि देशभरमा कती सार्वजनिक जग्गा छ भन्नेबारे सरकार आफै बेखबर छ ।
सरकारले सार्वजनिक जग्गाको संरक्षण गर्न नसक्दा हजारौँ बिघा सरकारी जग्गा अतिक्रमणको चेपटामा पर्दै आएको छ ।
नेपालको कुल १ लाख ४७ हजार १८१ वर्गकिलोमिटर क्षेत्रफलमध्ये २३ प्रतिशत जग्गा मात्रै सरकारी र व्यक्तिका पुर्जावाल जग्गाका रुपमा रहेको नापी विभागले जनाएको छ । विभागका अनुसार, सरकारले पहिलोपटक निजी तथा सार्वजनिक जग्गा नाप्ने काम २०२१ सालमा सुरु गरेर २०५५ सालमा सम्पन्न गरेको थियो । जसअनुसार नेपालको कुल क्षेत्रफलमध्ये २३ प्रतिशत जग्गा निजी तथा सार्वजनिक जग्गाको लालपुर्जा भएको र करिब ४ प्रतिशत जग्ग्गाको पुर्जा नभएको पाइएको थियो । शुक्रबारको राजधानी दैनिक कौशिला कुँवरले लेखेकी छन् ।
वि.सं.२०७५ फागुन ३ शुक्रवार ०८:२२ मा प्रकाशित