back

सन्दर्भ झिटि गुण्टा : आर्थिक मात्र नभएर भावनामा पनि ठेस पुगेको एनआरएनएको ठहर

वि.सं.२०७५ फागुन ३ शुक्रवार

552 

shares
GLOBAL IME AD
NTC AD

३ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले त्रिभुवन विमानस्थलमा गरिएको झिटी गुण्डामाथिको कडाइप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले विहिबार एक विज्ञप्ति जारी गर्दै विदेशबाट आउँदा नेपालीले ल्याएको झिटि गुण्टा त्रिभुवन विमानस्थलमा जफत गर्दा आर्थिक क्षतिमात्र नभएर भावनामा पनि ठेस पुगेको जनाएको छ ।

‘लार्खौ नेपालीले रगत र पसिना बगाई कमाएर खरिद गरिएको समाज तथा उपहार जफत गर्दा सम्बन्धित व्यक्तिको आर्थिक क्षतिमात्र नभइ भावनामा पनि ठेस पुगेको छ,’ संघका प्रवक्ता भुषण घिमीरेद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रेमिट्यान्स मार्फत मुलुककै अर्थतन्त्रमा योगदान दिइरहेका श्रमजीवी नेपालीहरुले घरायसी प्रयोजनका लागि ल्याउने समान समेत जफत गरेर आर्थिक र मानसिक यातनाको अनुभव गरिरहनु पर्ने अवस्थाले नेपाल सरकार, विमानस्थलका सम्बन्धीत निकाय र त्यहाँ कार्यरत कर्मचारीप्रति समेत नकारात्मक भावना उत्पन्न भएको हामीले महसुस गरेका छौ ।’

झिटी गुण्टा सम्बन्धमा बनेको नियमलाई अन्त्राष्ट्रिय मापदण्ड अनुसार समय सापेक्ष बनाउनु पर्ने तथा नयाँ नियम लागु गर्नु भन्दा कम्तिमा ६ महिना अगावै सार्वजनिक रुपमा सूचना दिई कष्टमुक्त बनाउन प्रयास गर्नुपर्ने देखिएको पनि एनआरएनएले जनाएको छ ।
त्यस्तै तोकिएको भन्दा बढी समान ल्याउँदा जफत गरिनु भन्दा भन्सार तिरेर छुटाउन पाउने व्यवस्था मिलाउन उपयुक्त हुने पनि संघले जनाएको छ ।

वि.सं.२०७५ फागुन ३ शुक्रवार ०८:२८ मा प्रकाशित

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

काठमाडौँ । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग मुद्दामा आरोपित...

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा...

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

काठमाडौँ । सप्तरीको सुरुंगा नगरपालिका ७, राम टोलकी एक युवती...

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

बागमती । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा...