Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकाबाट सञ्चालित इनेप्लीज डटकमद्धारा भत्र्सना



 

अमेरिकाको डीसी महानगर क्षेत्रबाट संचालित बिधुतिय पत्रिका ईनेप्लिजद्वारा सामाजिक संजाल फेसबुक (मुहार पुस्तिका) मार्फत गरिने प्रत्यक्ष प्रसारण कार्यकमलाई अमेरिकामा रहेका छद्मभेषी नेपालीद्वारा अवरोध तुल्याउने प्रयास गरिएको भन्दै भत्र्सना गरिएको छ ।

नेपाली समुदायको गतिबिधि र कार्यक्रममा समर्पित समुदायमा आधारित उक्त संचारमाध्यमको चर्चित कार्यक्रम ‘सच्चीको साथमा’ नामक कार्यक्रमलाई आक्रमण गरिएको बताइएको छ । यसप्रति उक्त संचारमाध्यमको तर्फबाट यस्ता गतिविधिको घोर भत्र्सना गर्दै यस्ता तल्लोस्तरको हर्कत,काम कारवाही तथा भबिष्यमा बिध्न वाधा नगर्न भन्दै यसमा संलग्न हुने जो कोहीलाई कारबाहीको चेतावनी दिएको छ ।

‘संचारमाध्यमको ध्यानाकर्षण भएको जनाउदै नियतिपूर्ण गरिएको यस्ता घृणाजनक क्रियाकलापमा संलग्न नहुन र बिध्न बाधा नपुर्याउन यसै सूचना मार्फत ध्यानाकर्षण गराउन चाहन्छ,’ ईनेप्लिज परिवारद्वारा जारी छापा बिज्ञप्तिमा भनिएको छ, ‘संचारकर्मी सच्ची मैनालीले संचालन गरेको ‘सच्चीको साथमा’ नामक कार्यक्रमको बीचमै एनआरएनका अभियन्ताहरूसँग अन्तर्वार्ता लिने क्रममा २ फरक तर एनआरएन अमेरिकाकै कार्यक्रममा ३ पटक सम्म अवरोध पारिएको हो ।’

समुदायमा काम गर्ने संचारमाध्यममा यस्तो लज्जाजनक कुकृत्य गर्ने बिशेष गरि गैरआवासीय नेपाली संघका बिषयमा तितो र सत्य श्रवण गर्नै नसक्ने पदाधिकारीका झोला बोक्ने र भजन गाउने कार्यकर्ताहरूद्वारा यस्तो निकृष्ट हरकत गरिएको विज्ञप्तिमा बताइएको छ ।

सामाजिक संजाल फेसबुकलाई प्रत्यक्ष प्रसारण हुँदा हुदै तत्कालै बेनामी रुपमा उक्त कार्यक्रम समुदायको बिपरित गएको उजुरी हाली यस्तो गरिएको प्रतिबेदन (रिपोर्ट) प्राप्त भएको पनि इनेप्लीनजद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ईनेप्लिजकी आवासीय सम्पादक संचारकर्मी सच्ची मैनालीले ‘किन लिईरहेका छैनन्, आम एनआरएनले सदस्यता ? कसरी सम्बोधन गर्न सकिन्छ यसलाई ?’

‘एनआरएन अमेरिकाको अबको आसन्न निर्वाचन निष्पक्ष हुन्छ भन्ने आधार छ ?’ भन्ने बिषयमा एनआरएनका अभियन्ताहरू र पत्रकारहरूसंग गरीएको अन्तरवार्ता सहितको प्रत्यक्ष प्रसारणलाई अवरोध गरिएको बताइएको छ ।

‘अन्तर्वाता कसरी समुदायको हित भन्दा तल्लोस्तर तथा बिपरित हुन सक्छ ?, जव कि ईनेप्लिज पूर्णरुपमा समुदाय कै लागि समर्पित छ ।’ इनेप्लीजका सम्पादक विजय थापा द्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

अन्तर्वार्ता लगत्तै मैनालीले आफ्नो व्यक्तिगत सामाजिक संजाल मार्फत धम्क्याउने र तल्लास्तरको शब्द प्रयोग गरेर निचता प्रदर्शन गर्ने जो कोही ब्यक्ति र प्रवृत्तिहरु प्रति आफ्नो घोर आपत्ति भएको बताउँदै उनले चेतावनीस्वरुप बेलैमा सम्हालिन समेत आग्रह गरेको बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ
‘गैरमुनाफा सामाजिक संस्थाले अर्काको गोप्य सूचना संकलन गर्न पाइदैन र यो एक प्रकारको गैर कानुनी हो र संबेदनशील मानिन्छ । अमेरिकामा आइडेन्टिटि फ्रड र आइडेन्टिटि थेफ्ट भन्ने कुरा निकै गम्भीर बिषय हुन्छ । एउटा सामाजिक संस्थाले संकलन गरेको व्यक्तिगत डाटा प्रोपर डेटा कलेक्सन पोलिसी एण्ड प्रोटोकल ९(proper data clloection policy & protocol) बिना संकलन भईरहेको छ । यहि कुरा उक्त कार्यक्रमबाट मैनालीले उठाउँदै आएकी थिईन् । अमेरिकामा सर्वाधिक एनआरएनको अन्तरक्रिया गराउदै आएकी पत्रकार मैनालीले एनआरएन अमेरीकाको सदस्यता प्रकृयामा जटिल प्रावधान राखेको विषयमा एनआरएनका पदाधिकारी र सरोकारवालाहरुसंग प्रत्यक्ष कुराकानी गर्ने क्रममा अड्को लगाउने प्रयास गरिएको थियो ।

यसैगरि यसै बिषयमा विभिन्न व्यक्तिहरुसँग प्रत्यक्ष कुराकानी गर्दा एनआरएन अमेरिकाको कमीकमजोरी सबै ओकलेका छन् । यहाँ बिषयमा आफना फेसबुक स्टाटसमा लेख्नेहरूलाई एनआरएनका पदाधिकारीले धम्कि दिएको भनि सामाजिक संजालमा आएको छ । एनआरएन अमेरिका स्थापनाकालदेखि नै विवादै विवादमा छ र अझ पनि अल्झी रहेको छ भने मुद्धा पनि चलिरहेको अवस्था छ ।

मैनालीले एनआरएन सदस्यता विवादलाई सतह माथि ल्याई धेरैले यसको बिरुद्ध बोलेपछि यस्ता आक्रमणहरू हुन थालेका हुन् । यसरी समुदायमा समर्पित पत्रिकाको कार्यकममा अवरोध गर्नु निकै निन्दनीय कुरा भएको छ । यस बिषयमा सामाजिक संजालका प्रविधिका थुप्रै विशेषज्ञहरुसँग सम्पर्क गरिरहेको र यस्ता हर्कत प्रति खेद प्रकट गर्दै समुदायको लागि समर्पित बिधुतिय पत्रिकामा आफ्ना कार्यक्रम नियमित आउनेछन् । साथै सामाजिक संजाल मुहार पुस्तिकामा समूहले बनाएका संदेश अर्थात् म्यासेन्जर ग्रुपमा कुनै पनि समाचार राख्ने क्रममा यस्ता घटना देखिएकोले यस्ता समूह प्रति आशंका गरिएको छ ।’

विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रको तेश्रो अंगको रुपमा रहेका पत्रकार पेशामा संलग्न हामी निडर,निस्पक्ष,स्वतन्त्र भएर यस्तासँग मुकवाला गर्न तत्पर रहेका छौ ।’

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४