back

कृषि र पर्यटनमा लगानी गरिने

वि.सं.२०७५ फागुन ३ शुक्रवार

180 

shares
NTC AD
Global IME AD

३ फागुन, चन्द्रौटा।   प्रदेश नं ५ सरकारको मुख्य योजना कृषिमा यान्त्रिकीकरण र पर्यटन क्षेत्रको विकासमा रहेको प्रदेश नं ५ का उपसभामुख कृष्णी थारूले बताएका छन् ।

कपिलवस्तुको चन्द्रौटामा सम्पन्न युवा सम्मेलनमा कपिलवस्तु युवा घोषणापत्र बुझ्दै उपसभामुख थारूले प्रदेश नं ५ को मुख्य आयस्रोत कृषि र पर्यटन रहेकाले उत्पादन र बजारीकरणमा सरकारले विशेष ध्यान दिने बताए । कपिलवस्तुका युवाले थारूलाई १६ बँुदे कपिलवस्तु घोषणापत्र हस्तान्तरण गरेका छन् ।

कपिलवस्तुको चन्द्रौटामा एक्सन एड नेपालको सहयोगमा विभिन्न नगरपालिका तथा गाउँपालिकाका युवाको गुनासो तथा समस्याका बारेमा गरिएको अध्ययनपछि युवा सम्मेलन गरी कपिलवस्तु घोषणपत्र हस्तान्तरण गरिएको हो । स्थानीय तहहरुमा प्रदान गरिने सेवा तथा रोजगारीका अवसरका बारेमा सूचना केन्द्रको स्थापना गर्नुपर्ने, युवा सहभागिता, युवा सवाल, समस्या तथा आवाज सुनुवाइ हुनुपर्नेजस्ता मागसहित घोषणापत्र जारी गरिएको थियो ।

उपसभामुख थारूले युवाहरुको घोषणापत्रले मार्गनिर्देशन गरेको बताउँदै युवाका समस्या समाधान गर्न स्थानीय तह, प्रदेश र सङ्घ तीनै तहको सरकारले योजना बनाएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए । घोषणापत्रमा रहेका कुरा लागू गर्न पहल गर्न तयार भएको थारूले बताए ।

प्रदेशसभा सदस्य अर्जुन कसीले जातीय विभेदले समाजमा जरा गाडेकाले यसले युवालाई ठूलो असर पु¥याएको, युवा उत्पीडनमा परेकाले विभेद अन्त्यका लागि लाग्नुपर्ने बताए ।

सडक छेउमा शौच गराउने सवारीलाई कारवाही

मुख्य राजमार्ग क्षेत्रमा सवारी साधनबाट बढी फोहर हुने गरेकाले प्रदेश नं ५ सरकारले नयाँ कानून ल्याउने तयारीमा रहेको भौतिक पूर्वाधार विकासमन्त्री एवं प्रवक्ता बैजनाथ चौधरीको बताउनुभयो । उहाँले सवारी साधन सडकमै रोकेर फोहर फाल्ने तथा दिसापिसाब गर्ने गरेकाले अब त्यसलाई कडाइ गरिने बताए । सडकमा रहने हरेक पेट्रोलपम्पमा सफा सार्वजनिक शौचालय हुनुपर्ने नियममा समेत कडाइ गर्ने र नभएमा दर्ता नगरिने बताए ।

प्रदेश स्थापना दिवसको अवसरमा विहीबार बर्दियादेखि नवलपरासीसम्म सडक क्षेत्रका बजारमा विभिन्न प्रदेश मन्त्रीको उपस्थितिमा सरसफाइ गरिएको चौधरीले जानकारी दिएका छन् । प्रदेश सरकारले सरकार गठनको एक वर्षमा सोचेजति काम गर्न नसकेको स्वीकार्दै कानून बनाउनुपर्ने बाध्यताले पनि केही कमी भएको र अन्य प्रदेशको तुलनामा काम भएको दावी गरेका छन् ।

वि.सं.२०७५ फागुन ३ शुक्रवार ०९:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका...

किसानलाई कृषि प्रविधि सिकाउन चैते धानको नमुना खेती

किसानलाई कृषि प्रविधि सिकाउन चैते धानको नमुना खेती

बनियानी । झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको...

अदुवा खेतीबाट आम्दानी बढेपछि  किसानको जीवनस्तरनै परिवर्तन

अदुवा खेतीबाट आम्दानी बढेपछि  किसानको जीवनस्तरनै परिवर्तन

फिक्कल (इलाम) । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको...

असिनापानीले पाक्नै लागेको बालीमा क्षति

असिनापानीले पाक्नै लागेको बालीमा क्षति

महोत्तरी । महोत्तरीमा असिना पानी र हुरीबतास लागेपछि पाक्नै लागेको...

मूल्य घटेपछि अम्रिसो किसान समस्यामा

मूल्य घटेपछि अम्रिसो किसान समस्यामा

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका-२ माकाहाङका किसान उदय सङबाङफेले...

समिचोकको व्यावसायिक स्ट्रबेरीखेती फर्म आकर्षणको केन्द्र बन्दै

समिचोकको व्यावसायिक स्ट्रबेरीखेती फर्म आकर्षणको केन्द्र बन्दै

भरतपुर । चितवनको भरतपुर महानगरपालिका-५ समिचोकमा व्यावसायिक रुपमा लगाइएको स्ट्रबेरीखेती...