Logo
१२ जेष्ठ २०७९, बिहीबार
     Thu May 26 2022
E-paper
  English Edition
   Unicode
Logo

इरानसँगको आणविक सन्धिबाट फिर्ता हुन अमेरिकी उपराष्ट्रपतिको आग्रह



३ फागुन, वारस । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले लामो समयदेखि अमेरिकाको सहयोगीका रूपमा रहँदै आएका युरोपेली संघ आवद्ध मुलुकहरूलाई इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौताबाट फिर्ता हुन बिहीबार आग्रह गरेका छन् ।

इजरायल तथा केही अरब नेताहरूको संलग्नता रहेको एक सम्मेलनलाई पोल्याण्डमा सम्बोधन गर्दै उनले अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउन चाहेको र अमेरिकाले उत्तर एटलान्टिक सन्धि संगठनमा अमेरिकाको पक्षमा रहेका सबै युरोपेली मुलुकहरूले इरानमाथिको प्रतिबन्धलाई समर्थन गर्दै आणविक सम्झौताबारे करिब तीन वर्ष पहिले अमेरिकी नेतृत्वमा भएको सम्झौताबाट फिर्ता हुन मध्यपूर्व तथा युरोप क्षेत्रका सहयोगीलाई आग्रह गरेका हुन् ।

युरोपेली शक्ति राष्ट्रहरू फ्रान्स, जर्मनी र बेलायतले इरानमा रहेका आफ्ना कम्पनीलाई काम गर्न दिन अमेरिकालाई गरेको आग्रहप्रति लक्षित गर्दै पेन्सको पछिल्लो भनाइ आएको हो ।

इरानलाई मजबुत पार्नेगरी आएको फ्रान्स, जर्मनी र बेलायतजस्ता मुलुकको मागले मध्यपूर्व तथा युरोप क्षेत्रको सुरक्षामा खतरा रहेको दाबी गर्दै इरानलाई कमजोर पार्न उसमाथि थप नाकाबन्दीको आवश्यकता रहेको उनको भनाई छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । बाटोमा गुडिरहेको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा घरभित्र सुतिरहेकी वृद्धाको मृत्यु भएको

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी

ललितपुर । ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय