back
CTIZAN AD

जनअपेक्षाअनुरुप सरकार अघि बढ्न सकेन : पूर्वप्रम भट्टराई

वि.सं.२०७५ फागुन ३ शुक्रवार

675 

shares

३ फागुन, पोखरा । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको बताएका छन् ।

संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछिको सरकार भएकाले जनताले यसबाट धेरै अपेक्षा गरेको बताए ।

सरकारले जनचाहनाअनुरुप क्रमभङ्ग हुने गरी विकासमा फड्को मार्नुपर्ने भए पनि केवल सामान्य क्रमिक विकासका क्रममा अघि बढेको बताउँदै उनले देशको अर्थतन्त्र पनि मजबुत बन्न नसकेको उल्लेख गरेका छन् ।

गरीबी, बेरोजगारीको समस्या बढ्दै गएको चर्चा गर्दै डा भट्टराईले औषत प्रतिव्यक्ति आय रु १० हजार डलर पु¥याउन दुई दशकसम्म आर्थिक वृद्धिदर दुई अङ्कमा बढ्नुपर्ने आवश्यकता औँल्याए ।

निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न नसक्दासम्म समृद्धि असम्भव भएको उल्लेख गर्दै उनले लगानीको वातावरण तयार गर्दै अघि बढ्नुको विकल्प नभएको बताए ।

समृद्धिका लागि सडक पूर्वाधार विकास आवश्यक रहेको औँल्याउँदै उहाँले तराई हुलाकीमार्ग, मध्यपहाडी हुलाकीमार्गका साथै उत्तरदक्षिण जोड्ने गरी कोशी, कालीगण्डकी, कर्णाली करिडोरलगायतको निर्माणकार्यलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिएका थिए ।

नयाँ शक्ति पार्टीले असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा जारी राखेको बताउँदै उनले यात्राका क्रममा मध्यपहाडी राजमार्गको निर्माणकार्यको अवलोकन, आसपासको जनजीवनको अध्ययन, समस्याको पहिचान र राष्ट्रिय जीवनका महत्वपूर्ण सवालमा सर्वसाधारणसँग संवाद गरिएको बताए ।

उनका अनुसार यात्रा फागुन १५ गते बैतडीको झुलाघाँट पुगी गठलापानीमा समापन गरिनेछ ।

वि.सं.२०७५ फागुन ३ शुक्रवार १२:०५ मा प्रकाशित

एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग

एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक...

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा...

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौँ । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति...

आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते

आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली (नुवाकोट) । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने...

सरकारको ‘शून्य बाँकी फाइल अभियान’, चैत ३० देखि आगामी वैशाख ७ सम्म मनाइँदै

सरकारको ‘शून्य बाँकी फाइल अभियान’, चैत ३० देखि आगामी वैशाख ७ सम्म मनाइँदै

काठमाडौँ । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०...

सबै विमानस्थलमा चौबिस घण्टाभित्र स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

सबै विमानस्थलमा चौबिस घण्टाभित्र स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र...