Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

काश्मिरमा आक्रमण ३७ को मृत्यु



३ फागन, नयाँ दिल्ली । भारत प्रशासित काश्मिरमा बिहीबार भारतीय सरकारी सुरक्षा बललक्षित आक्रमणमा परी कम्तीमा ३७ जना सैनिकको मृत्यु भएको छ । भारतीय सरकारी सुरक्षा बललक्षित यो एक भीषण आक्रमण हो ।

श्रीनगर शहरको बाहिरी इलाकाबाट जैस–ए–मोहम्मद इस्लामिक समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ । करिब २५ सय अर्धसैनिक लिएर गइरेहको ७८ ओटा सवारी साधनलक्षित यो आक्रमण भएको थियो ।

यद्यपी भारतीय समाचार संस्था पीटीआइले उक्त आक्रमणमा परी कम्तीमा ३९ जना सुरक्षाकर्मीको मृत्यु भएको बताएको छ तर अन्य प्रेसले यस आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या ४० पुगेको जानकारी दिएको छ ।

मारिएका केही व्यक्तिको शवको परिचय पनि खुल्न नसकेको हुनाले यसको लागि केही समय लाग्ने पिटिआइले जानकारी दिएको छ ।

आक्रमणमा परी केही सुरक्षाकर्मी घाइते भएका भए पनि उनीहरूलाई घटनास्थलबाट तत्काल उपचारका लागि अस्पताल पठाइएको छ ।

यो भारतीय सुरक्षाकर्मीमाथि विगत दुई वर्षमा भएको सबैभन्दा ठूलो आक्रमण हो । भारतको काश्मिरमा करिब पाँच लाख सैनिक कार्यरत छन् भने उक्त स्थानमा सन् १९४७ मा बेलायत भारतबाट फर्केपछि पाकिस्तान र भारतबीच सीमा विवादका कारण प्राय अशान्त रहँदै आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४