Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

जङ्गी अड्डा प्लाष्टिक मुक्त क्षेत्र घोषणा



४ फागुन,काठमाडौँ । नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डा परिसरमा शुक्रबार आयोजित विशेष कार्यक्रम सैनिक मुख्यालयलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेकोे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

सो अवसरमा प्रधानसेनापति थापाले साङ्गठनिक रुपमै प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्ने अभियानलाई व्यारेक इकाइसम्म कार्यान्वयन गर्न निर्देशन दिए । उनले प्लाष्टिकजन्य वस्तुलाई निषेधित गर्न र पुनःप्रयोगमा ल्याउन सकिने वस्तुको उचित व्यवस्थापन सम्बन्धीत विभागलाई निर्देशनसमेत दिए ।

प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन २०७५ मा वातावरण तथा पर्यावरणमा नेपाली सेनाको प्रतिबद्धताअनुसार उक्त कार्यक्रम शुरु गरिएको नेपाली सेनाले जनाएको छ । प्लाष्टिक निषेधित क्षेत्र घोषणा कार्यक्रमका अवसरमा नेपाली सेनाका रथीवृन्द, अधिकृत र अन्य दर्जाहरूले जङ्गी अड्डा परिसरमा सरसफाइसमेत गरेकोे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय