Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रदेश नं ३ द्धारा मूल समारोह समिति गठन



४ फागुन, हेटौँडा । यही फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन प्रदेश नं ३ को मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा ३४१ सदस्यीय प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको छ ।

शुक्रबार गठन गरिएका उक्त समितिका उपाध्यक्षमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल र सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव आनन्दराज ढकाल रहनुभएको छ । उक्त समितिका सदस्यमा प्रदेश नं ३ का मन्त्री, नीतियोजना आयोगका उपाध्यक्ष र सदस्य, प्रदेशसभाका सदस्य, विभिन्न कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत रहेका छन् ।

यही फागुन ६ गते बिहान प्रदेशको सदरमुकाममा सरसफाइ, खेलकूद कार्यक्रम र फागुन ७ गते बिहान प्रभातफेरी एवम् प्रजातन्त्र दिवसको महत्वबारे प्रकाश पार्ने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव ढकालले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्