Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रहरी माथि मुख थुनेर बलात्कार गरेको आरोप



४ फागुन, घोराही । दाङका एक प्रहरीले महिलालाई बलात्कार गरेको आरोप लागेको छ । इलाका प्रहरी कार्यालय फूलबारी दाङमा कार्यरत प्रहरी हबल्दारले विहिबार राति स्थानीय महिलालाई बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् ।

बलात्कार गरेको अभियोग लागेका हबल्दारलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक भीम कार्कीले जानकारी दिए । रातिका समयमा आफू प्रहरी भएको भन्दै घरको ढोका खोल्न लगाएर मुख थुनेर बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

घटना अनुसन्धानका क्रममा भएकाले दुवै पक्षको नाम गोप्य राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पीडितको स्वास्थ्य जाँचका लागि पठाइएको र प्रमाणित भए कानूनबमोजिम कारवाही हुने जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डेले बताए । प्रहरी सङ्गठनले यस घटनालाई लुकाउने प्रयास थालेको पीडित पक्षको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा (एकिकृत समाजवादी) पार्टीका धनराज आचार्य विजयी भएका छन् ।

अबुधाबी । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

काठमाडौं । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा २५

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय