Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

सर्भे गर्न गएका ओभरसियरको चिप्लिएरे मृत्युुुु



४ फागुन, खलङ्गा । जुम्ला चन्दननाथ नगरपालिका निवासी एक ओभरसियरको विद्युत्को नहर बनाउने बाटो सर्भे गर्न जाँदा चिप्लिएर मृत्यु भएको छ ।

चन्दननाथ नगरपालिका–१० निवासी निरज बिष्टको तिला गाउँपालिका–७ तुई भन्ने स्थानमा विद्युत्को नहर सर्भे गर्न जाँदा फागुन २ गते चिप्लिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । नहर सर्भेका क्रममा चिप्लँदा धेरै तल तिला नदीको छेउमा पुगेका बिष्ट उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएपछि मृत्यु घोषणा गरिएको प्रहरी जनाएको हो ।

तिला गाउँपालिकामा प्रतिनिधिसभा सांसद विकास कोष र तिला गाउँपालिकाको लगानीमा शुरुआत गरिएको करीब एक मेगावाटको विद्युत् निर्माण कार्यका लागि खटिएका ओभरसियर बिष्टको कामकै क्रममा मृत्यु भएको आफन्तले जनाएका छन् । तिला गाउँपालिकाअन्तर्गत एक मेगावाट स्तरको बिजुली निकाल्न सांसद विकास कोषको रु तीन करोड ९६ लाख र तिला गाउँपालिकाको रु ५० लाख विनियोजन भई काम तीव्र गतिमा अगाडि बढिरहेको गाउँपालिकाले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र