Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

सकारले उपलब्धि मुलक काम गर्न नसकेको काङ्ग्रेस सभापतिको आरोप



४ फागुन, भक्तपुर । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा जनताले परिवर्तन र राहतको महसुस गर्ने गरी उपलब्धि मूलक काम गर्न नसकेको आरोप लगाएका छन् । काङ्ग्रेस भक्तपुरले शुक्रबार मध्यपुरथिमिको शंखधर चोकमा आयोजना गरेको विरोधसभामा उनले सरकारले एक वर्षको अवधिमा जनतालाई करको भार मात्रै बढाएको बताए ।

जनताको पक्षमा सरकारले कुनै काम गर्न नसकेको आरोप लगाउँदै सभापति देउवाले दुई तिहाइको आडमा सरकारले अप्रजातान्त्रिक गतिविधीहरू गरिरहेको जिकिर गरे । सभापति देउवाले भने, “देशमा हत्या, हिंसा, बलात्कारका घटना बढेपनि दोषीलाई कारवाही गर्न सरकारले सकेको छैन, यस्ता घटना नियन्त्रण गर्न पनि सरकार असफल भयो सरकारले चाहे निर्मला हत्या काण्डका दोषीलाई पक्राउ गर्न सक्छ तर सरकारले चाहेन ।”

कार्यक्रममा नेता प्रकाशमान सिंहले सरकारले जनताले मूल्याङ्कन गर्न मिल्ने गरी सरकारले कुनै काम गर्न नसकेको आरोप लगाए । नेता सिंहले कम्युनिष्ट सरकारले सङ्घीयतालाई बचाउन सक्ने गरी सङ्घीयता कार्यान्वयन हुन सक्ने गरी काम गर्न नसकेको आरोप लगाए ।

कार्यक्रममा काङ्ग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले सरकारले जनतालाई कर र महङ्गी दिएको आरोप लगाउँदै घोषणा गरे पनि कामको कार्यान्वयनमा सरकार अगाडि बढ्न नसकेको बताए । कार्यक्रममा नेपाली काङ्ग्रेस भक्तपुरका जिल्ला सभापति दूर्लभ थापा, नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र नं १ का सभापति जीवन थापा, क्षेत्र नं २ का सभापति नारायण खायमली लगायतका नेताहरूले सरकारले जनताको मन जित्ने र व्यवहारमा देखिने गरी काम गर्नुपर्नेमा जोड दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया