५ फागुन, काठमाडौ । जगतबहादुर आलेले अंग्रेजी विषयमा एमएड पास गरेका छन् । पाँच वर्षअघि आयोग पास गरेर स्थायी शिक्षक बनेका छन् । उनी सिन्धुलीको कमलामार्य नगरपालिका ४ स्थित कमला माध्यामिक विद्यालय ढुंग्रेवासमा पढाउँछन् ।
उनी पीजीडीई पोस्ट ग्रयाजुएट डिप्लोमा इन डिस्टेन्सन एन्ड ई लर्निङ पढ्दै छन् । यो स्तानकोत्तरसरहको एकवर्षे प्रोफेसनल कोर्स हो । म आईसीटी इन्फर्मेसन एन्ड कम्युनीकेसन टेक्नोलोजी प्रति धेरै चासो राख्छु, आलेमगर भन्छन्, मेरै विद्यालयमा आईसटिी कक्षा प्रवद्र्धन गर्ने लक्ष्य राखेर पीजीडीई पढ्दै छु । पहिलो सेमेस्टरको नतिजाको पर्खाइमा छु ।
उनले पढ्दै गरेको कोर्स नेपाल खुला विश्वविद्यालय एनओयू को हो । करिब एक वर्षदेखि यो विश्वविद्यालयका पठनपाठन भइरहेको छ । आइतबारको कान्तिपुर दैनिकमा गणेश रमईले लेखेका छन् ।
वि.सं.२०७५ फागुन ५ आइतवार ०८:२१ मा प्रकाशित






























