५ फागुन, डोटी । जिल्लाको शिखर नगरपालिका–६ बस्ने ४६ वर्षका डिल्लीराज फुलाराविरुद्ध निजकै श्रीमती कल्पना फुलाराले आफूलाई जबरर्जस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्दा दर्ता गरेकी छिन् ।
आफ्ना श्रीमान्ले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै उहाँले प्रहरी कार्यालयमा फागुन १ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बमले बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीमान्ले जबर्जस्ती करणी गर्न खोजेको भन्दै निजकी श्रीमतीले मुद्दा दर्ता गराउनु भएको छ, हामीले श्रीमान्लाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर अन्य अनुसन्धान शुरु गरिरहेका छौँ ।”
आफ्नै श्रीमान्ले बलात्कार गर्न खोजेको भन्ने विषयमा डोटीमा श्रीमतीले मुद्दा दर्ता गराएको यो पहिलो घटना हो । जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक बमका अनुसार श्रीमतीले दिनुभएको निवेदनअनुसार कसुर प्रमाणित भए श्रीमान् डिल्लीराजलाई दुई वर्ष ६ महीना जेल सजाय हुनसक्ने नियम रहेको जानकारी दिए ।
डिल्लीराज र कल्पनाबीच विवाह भएको करीब आठ÷नौ वर्षभएको र उनीबाट दुई वटा सन्तानसमेत जन्मिसकेको प्रहरीले जनाएको छ । विवाह भएको यति लामो समयपछि किन श्रीमतीले श्रीमान्विरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरिन यो भने निकै रहस्यमयरुपमा हेरिएको स्थानीयवासी बताउँछन् ।