back

बनभोज गएका ६ विद्यार्थी चट्याङ लागेर घाइते

वि.सं.२०७५ फागुन ५ आइतवार

462 

shares
GLOBAL IME AD
NTC AD

५ फागुन, भक्तपुर । वनभोज मनाउन भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा पुगेका ६ जना विद्यार्थी चट्याङ परेर घाइते भएका छन् ।

त्रिभुवन विश्वविद्यालयका विद्यार्थी वनभोज मनाइरहँदा वर्षासँगै शनिबार परेको चट्याङमा परेर घाइते भएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । उनका अनुसार घाइते हुनेमा स्याङ्जा कालीगण्डकी गाउँपालिका–४ का २४ वर्षीय कमल पाण्डे, नवलपरासी सुस्ता गाउँपालिका–५ का २५ वर्षीय सत्तेनन्द गुप्ता, मोरङ कोसीदरैचा नगरपालिका–४ घर भई कीर्तिपुर बस्ने २५ वर्षीय रवि पाण्डे, ओखलढुङ्गा रुम्जाटार घर भई त्रिभुवन विश्वविद्यालयका सुरक्षागार्ड ५७ वर्षीय ललित गुरुङ, कैलाली गौरी नगरपालिका–१ का २५ वर्षीय जीवन भण्डारी र सर्लाही घर भई विश्वविद्यालयको क्यान्टिनमा काम गर्ने २९ वर्षीया सीता खड्का रहेका छन् ।

घाइते सबैको डा इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी शनिबारअचानक परेको असिना पानीले भक्तपुरमा लगाइएका तरकारी बाली नष्ट भएको छ ।

वि.सं.२०७५ फागुन ५ आइतवार ०८:३४ मा प्रकाशित

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म...

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको...

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला...

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित...